विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना « Khabarhub

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना


६ भदौ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका कप्तान लियोनल मेसी जरिवानामा परेका छन् ।

बुधवार सम्पन्न खेलमा फिलाडेल्फिया युनियनविरुद्ध बराबरी खेल्ने क्रममा विपक्षी खेलाडीको टाउकोमा झापड हानेका थिए । सुबरु पार्कमा भएको खेल २-२ गोलको बराबरीमा सकिएको थियो ।

खेलको अन्त्यतिर युनियनका खेलाडी क्विन सुलिभानले बल पास गरेपछि आफूलाई कुहिना हानेको गुनासो गर्दै मेस्सीले सुल्लिभानको टाउको पछाडि हिर्काएका थिए । त्यसपछि सुलिभान आक्रोशित बनेका थिए ।

रेफ्रीले तत्कालै हस्तक्षेप गरेपछि अप्रिय घटना हुन पाएन । मेजर लिग सकरले मेस्सीलाई जरिवाना गरिएको पुष्टि गरे पनि जरिवानाको रकम भने सार्वजनिक गरेको छैन ।

यस खेलमा सुलिभानसँग विवाद गर्ने मेस्सी मात्र एक्लो खेलाडी थिएनन् । मियामीका इयान फ्रेलाई पनि लिगले जरिवाना गरेको छ। पेनाल्टी क्षेत्रमा लड्दा एक अर्कासँग अल्झिएका बेला फ्रेले सुलिभानको घाँटी समाएका थिए ।

तनावपूर्ण बनेको उक्त खेलमा इन्टर मियामीका यानिक ब्राइट र सुलिभानका भाइ क्याभानले अतिरिक्त समयमा रातो कार्ड पाएका थिए । तर, खेलको समीक्षापछि क्याभानमाथि लगाइएको एक खेलको प्रतिबन्ध भने फुकुवा गरिएको छ ।

यस खेलमा मेस्सीले मियामीका लागि दोस्रो गोल गरेका थिए । आफ्ना पिताको निधन भएपछि उनले गरेको यो पहिलो गोल हो ।

प्रकाशित मिति : ६ भदौ २०८३, शनिबार  ३ : १४ बजे

इनम सापकोटासँग चिनजान, सम्पर्क र संलग्नता छैन : प्रधानन्यायाधीश शर्मा

काठमाडौं- प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले बिचौलिया भनिएका इनम सापकोटासँग आफ्नो

विश्वप्रकाशको आग्रह : कांग्रेसभन्दा पहिले देश भन्ने सिद्धान्त र मनोविज्ञानलाई केन्द्रमा राखेर अघि बढौँ

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसभन्दा पहिले देश

प्रेस स्वतन्त्रता अक्षुण्ण राख्दै आमसञ्चार क्षेत्रलाई व्यवस्थित बनाउनुपर्छ : मन्त्री तिमिल्सिना

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले प्रेस स्वतन्त्रतालाई अक्षुण्ण

कर्णालीले जित्यो टस, पहिलो फिल्डिङ गर्दै

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएलअन्तर्गत बिहीबारको दोस्रो खेलमा कर्णाली याक्सले

पाकिस्तानमा एम्बुलेन्सभित्र सिलिन्डर विस्फोट, आठको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा बुधबार राति एम्बुलेन्सभित्र अक्सिजन सिलिन्डर