नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल « Khabarhub

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा र कार्यशैलीबाट सञ्चालन गर्न नसकिने भन्दै पुनर्गठन र रूपान्तरण आवश्यक रहेको बताएका छन् ।

नेकपा कोशी प्रदेश सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता खनालले बदलिँदो परिस्थितिअनुसार पार्टीको संरचना, नीति र कार्यशैलीमा परिवर्तन गर्नुपर्ने बताए।

उनले पुराना तथा अग्रज नेताहरूले पद ओगटेर बस्नुभन्दा नीति निर्माण, सल्लाह–सुझाव र कार्यकर्ता प्रशिक्षणमा भूमिका केन्द्रित गर्नुपर्ने धारणा राखे। युवा कार्यकर्ताहरूलाई समेत नेतृत्व सम्हाल्न अघि बढ्न आग्रह गर्दै उहाँले युवाहरू अर्ति–उपदेश सुन्नेमा मात्र सीमित हुन नहुने बताए।

खनालले युवामा नेतृत्व गर्ने आँट, हिम्मत र सिर्जनशीलता विकास गरी पार्टीको अग्रपंक्तिमा ल्याउनुपर्नेमा जोड दिए।

उनले समाजवादका नाममा अमूर्त व्याख्या मात्र गरेर नपुग्ने भन्दै नेपाली विशेषताको वैज्ञानिक समाजवादको स्पष्ट र ठोस कार्यक्रम जनतामाझ लैजानुपर्ने बताए।

देश गम्भीर राजनीतिक संकटबाट गुज्रिरहेको दाबी गर्दै खनालले प्रतिक्रियावादी शक्तिहरू विभिन्न रूपमा सक्रिय रहेको समेत टिप्पणी गरे।

यस्तो अवस्थामा पुराना राजनीतिक दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने भए पनि उनीहरू दिशाहीन बन्दै गएको उनको आरोप छ। नेपाली कांग्रेस अझै दुई धारमा विभाजित रहेको भन्दै खनालले उसले एकताबद्ध रूपमा मुलुकलाई ठोस राजनीतिक निकास दिन सक्ने अवस्था नरहेको बताए।

एमालेभित्र पनि बहुसंख्यक पंक्ति पार्टी रूपान्तरणको पक्षमा पुगिसकेको दाबी गर्दै खनालले वाम तथा प्रगतिशील शक्तिहरूले वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गरी नयाँ दिशासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ४ : ५१ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर