बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित « Khabarhub

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित


६ भाद्र २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’ पुरुष टोलीले लगातार दोस्रो पराजय व्यहोरेको छ । नेपाल आज बङ्गलादेश हाई–परफर्मेन्स–११ सँग नौ विकेटले पराजित भएको हो । नेपाल ‘ए’ दिएको १०० रनको झिनो लक्ष्य बङ्गलादेशले १०.२ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।

उसका लागि जिशान आलमले अर्धशतकीय पारी खेले । उनले २९ बलमा चार छक्का र तीन चौकासहित अविजित ५२ रनको पारी खेलका हुन् ।

नेपालका लागि बलिङमा साहब आलमले मात्र एक विकेट लिन सके । त्यसअघि टस हारेर ब्याटिङको मौका पाएको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ९९ रन बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ४० बलमा तीन चौका र एक छक्कासहित सर्वाधिक ४६ रनको पारी खेले । यस्तै, साहब आलम र विपिन खत्रीले समान ११–११ तथा रिजन ढकालले १० रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन जोड्न सकेनन् । बङ्गलादेशका लागि बलिङमा एमडी रुबेलले चार ओभरमा १८ रन दिएर सर्वाधिक चार विकेट लिए ।

जारी प्रतियोगितामा नेपाल ‘ए’ ले तेस्रो खेलमा सोमबार होबार्ट हुरिकेन्स एकेडमीविरुद्ध खेल्ने तालिका छ । नेपालले पहिलो खेलमा आयोजक टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेटले पराजय व्यहोरेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८३, शनिबार  ७ : २२ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल