भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि « Khabarhub

भरतपुर आँखा अस्पतालको सेवा सर्लाहीको हरिपुर्वामा पनि


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेपाल नेत्र ज्योति सङ्घ अन्तर्गत सञ्चालित भरतपुर आँखा अस्पतालको सेवा सर्लाहिस्थित हरिपुर्वाबाट पनि सुरुवात भएको छ ।

हरिपुर्वा नगरपालिका–२, स्थित नगर अस्पताल भवनबाट हीरालाल सन्तुदेवी प्रधान नेत्र विज्ञान अध्ययन संस्थानसँगको समन्वयमा भरतपुर आँखा अस्पतालको सेवा यहाँ विस्तार गरिएको हो ।

सेवा विस्तारसँगै आँखा उपचारसम्बन्धी विशेषज्ञ सेवा अब हरिपुर्वामै उपलब्ध हुने भएको छ । भरतपुर आँखा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा गाउँमा नै पाएपछि स्थानीय उत्साहित बनेका छन् ।

उपचार केन्द्रमा सेवा लिन आएकी हरिपुर्वा–३, की रुपनी देवीले गाउँमै सेवा पाएको जनाउँदै खुसी व्यक्त गरिन् । आँखा उपचारको लागि टाढा धाउनुपर्दा धेरै खर्च भएको उनको अनुभव ताजै छ ।

‘दुई महिना पहिला खेतमा काम गर्दा आँखामा धानको पातले घोचेको थियो’, उनले सुनाइन्, ‘उपचार गर्न जनकपुर, भरतपुर धेरै धाउनुपर्यो । दुःख धेरै पाइयो, खर्च उस्तै भयो । अहिले सबै सुविधा गाउँमै आयो ।’

अस्पतालमा चिकित्सक सधैँ बस्नुपर्ने उनको माग छ । सेवा सुरु गरेको केही समयपछि बन्द हुने समस्याले आफूहरू आजित भएको जनाउँदै स्वास्थ्य सेवा निरन्तर पाए आसपासका पालिकाका नागरिकले समेत सेवासँगै राहत पाउने उनले बताइन् ।

हरिपुर्वा नगरपालिका, स्वास्थ्य शाखा प्रमुख लालबाबु रायले अब आँखाका बिरामीले अन्योलमा भौतारिनुपर्ने, टाढा धाउनुपर्ने समस्या नहुने जानकारी दिए ।

नगरप्रमुख विनोदकुमार साह तेलीले आँखाका बिरामीको लागि आवश्यक उपचार सामग्री, औषधिलगायतको व्यवस्थापन गरेर उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए ।

केन्द्रले आवश्यकताअनुसार बेलाबेलामा मोतियाविन्दुको शल्यक्रियालगायतको निःशुल्क शिविर सञ्चालन गरेर सेवा दिने उनको भनाइ छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १० : २६ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ