परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति « Khabarhub

परराष्ट्रमन्त्री खनाल र भुटानका प्रधानमन्त्री छिरिङबीच भेटवार्ता: जलवायु परिवर्तनविरुद्ध सहकार्य गर्ने सहमति


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्रमन्त्री शिशिर खनाल र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेबीच शिष्टाचार भेटवार्ता भएको छ।

भेटघाटका क्रममा नेपाल र भुटानबीचको सदियौँदेखिको सुमधुर द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा दुवै नेताहरूबीच विचार आदानप्रदान भएको छ। साथै, पर्वतीय मुलुकहरूले सामना गरिरहेको जलवायु परिवर्तनको जोखिम, बढ्दो प्राकृतिक विपद् र यसका गम्भीर असरहरूबारे विशेष छलफल भएको थियो।

भेटमा दुवै पक्षले नेपाल र भुटान दुवै समान भौगोलिक भू-बनावट भएका हिमाली तथा पर्वतीय राष्ट्र भएकाले जलवायु परिवर्तनसम्बन्धी समस्याविरुद्ध अन्तर्राष्ट्रिय मञ्चहरूमा सहकार्यलाई अझ मजबुत र प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ७ : १५ बजे

प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन

नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै

बाँके– नेपालगन्जस्थित प्रसिद्ध रानी तलाउ तरकारी बजारमा बिक्री हुने तरकारी

आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार

तनहुँ– तनहुँमा वनलाई नै आर्थिक गतिविधिको आधारका रुपमा अगाडि बढाइएको

एमाले बैठकमा ओलीको अनौठो ‘रूप’ : नेता भन्छन्, ‘इतिहासमै यस्तो देखिएको थिएन’

काठमाडौँ – छ महिनापछि सुरु भएको नेकपा एमाले केन्द्रीय कमिटी

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल