परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्कमा भेटवार्ता

नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

मंगलबार – परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गरेका छन्।

संयुक्त राष्ट्रसंघको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका अवसरमा भएको द्विपक्षीय भेटवार्तामा नेपाल–पोल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको हो।

भेटमा दुवै पक्षले दुई देशबीच बढ्दो सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान गर्नुभएको थियो। साथै, आपसी हितका विभिन्न क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघलगायत बहुपक्षीय मञ्चमा नेपाल र पोल्यान्डबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा समेत दुवै पक्षले जोड दिएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : ३१ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि