काठमाडौँ – विद्युत् महसुलमा दिइँदै आएको भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
मन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले एक स्पष्टीकरण जारी गर्दै बाहिर प्रचार गरिएजस्तो अर्थमन्त्री वाग्लेले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै पनि भेटघाट र छलफल नगरेको स्पष्ट पार्नुभएको छ।
विद्युत्को भ्याट सन्दर्भमा अर्थमन्त्रीले यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नुभएको धारणाअनुसार नै थप सहजीकरण गर्ने र उपभोक्तालाई राहत दिने विषयमा मातहतका निकायबाट छलफल तथा अध्ययन भइरहेको सचिवालयले जनाएको छ।













प्रतिक्रिया