विद्युत् महसुलमा भ्याट छुटको प्रचार भ्रामक, अध्ययन भइरहेको अर्थमन्त्रीको सचिवालयको स्पष्टोक्ति « Khabarhub

विद्युत् महसुलमा भ्याट छुटको प्रचार भ्रामक, अध्ययन भइरहेको अर्थमन्त्रीको सचिवालयको स्पष्टोक्ति


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विद्युत् महसुलमा दिइँदै आएको भ्याट छुट फिर्ता गर्न सैद्धान्तिक सहमति भएको भन्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको नाम जोडेर गरिएको प्रचारप्रसारप्रति अर्थमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुङ्गानाले एक स्पष्टीकरण जारी गर्दै बाहिर प्रचार गरिएजस्तो अर्थमन्त्री वाग्लेले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै पनि भेटघाट र छलफल नगरेको स्पष्ट पार्नुभएको छ।

विद्युत्को भ्याट सन्दर्भमा अर्थमन्त्रीले यसअघि प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठकमा राख्नुभएको धारणाअनुसार नै थप सहजीकरण गर्ने र उपभोक्तालाई राहत दिने विषयमा मातहतका निकायबाट छलफल तथा अध्ययन भइरहेको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ९ : १५ बजे

अन्नपूर्ण गाउँपालिकाको आम्दानीको स्रोत पर्यटकीयस्थल

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पर्यटकीयस्थल आन्तरिक आम्दानीको प्रमुख स्रोत बनाएको

बाँकेमा तीन हजार ११९ किशोरीलाई एचपीभी खोप

बाँके– बाँकेमा एक साताभित्र तीन हजार ११९ किशोरीलाई पाठेघरको मुखको

परराष्ट्रमन्त्री खनाल र पोर्चुगलका विदेशमन्त्री रान्जेलबीच भेटवार्ता

न्युयोर्क – संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल

परराष्ट्रमन्त्री खनाल र जापानी विदेशमन्त्री मोटेगीबीच भेट: नेपाल–जापान सम्बन्ध थप सुदृढ गर्ने प्रतिबद्धता

न्युयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभाका क्रममा परराष्ट्रमन्त्री शिशिर खनाल र

फिर्केखोलाका अनधिकृत संरचना हटाउन पोखरा महानगरको ताकेता

गण्डकी– पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरभित्र बनाइएका सबै संरचना एक साताभित्र