बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार « Khabarhub

बिरामीको चाप बढेपछि डायलाइसिस क्षमतामा विस्तार


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बागलुङ– धौलागिरि प्रादेशिक अस्पताल बागलुङले मिर्गौलाका बिरामीको चाप बढेपछि डायलाइसिसको क्षमता थप गरेको छ । अस्पतालले आइतबारदेखि थप चार वटा डायलाइसिस उपकरण सञ्चालनमा ल्याएर सेवा क्षमता विस्तार गरेको हो ।

यसअघि ६१ मिर्गौलापीडितलाई सेवा दिँदै आएको अस्पतालले चार वटा उपकरण थप गरेपछि अब ७१ जनालाई सेवा दिन सहज भएको छ । क्षमता विस्तारसँगै अस्पतालमा डायलाइसिस उपकरणको सङ्ख्या १२ पुगेको छ ।

पालो कुर्ने बिरामीको सङ्ख्या बढ्दै गएपछि गण्डकी प्रदेश सरकारको सहयोगमा भवनको क्षमता विस्तार गरी सेवा थप गरिएको डायलाइसिस शाखाप्रमुख तथा वरिष्ठ नर्सिङ अधिकृत निमा हिताङले जानकारी दिइन् ।

उनका अनुसार सरुवा रोग लागेका मिर्गौलाका बिरामीका लागि छुट्टै शय्याकोसमेत व्यवस्था गरिएको छ । यसअघि छुट्टै शय्या नहुँदा अन्य बिरामीमा सरुवा रोग सर्न सक्ने जोखिम थियो ।

मिर्गौलाले काम गर्न छाडेका बिरामीले स्वास्थ्य अवस्थाअनुसार सातामा दुईदेखि पटकसम्म डायलाइसिस गर्नुपर्ने हिताङले बताइन् ।

सेवा विस्तारका लागि गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्षमा २० लाख र अस्पताल व्यवस्थापन समितिको २० लाख गरी ४० लाख खर्च भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले जानकारी दिए । उक्त रकमबाट भवनको एक तला थप गर्नुका साथै आवश्यक चार वटा डायलाइसिस उपकरण खरिद गरिएको हो ।

‘डायलाइसिस विभागको भुइँतलामा एकतला थपगरी आवश्यक उपकरण व्यवस्थापन गरेर सेवा विस्तार गरिएको हो’, अध्यक्ष शर्माले भने, ‘लामो समयदेखि पालो कुरेर पोखरादेखि काठमाडौँसम्म पुगेर डायलाइसिस गराउँदै आएका मिर्गौला फेल भएका १० जना सेवाग्राहीलाई थप सेवा दिन थालिएको छ ।

सेवा विस्तारपछि पालो नपाएर डायलाइसिसका लागि पोखरा तथा काठमाडौँ जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ । (रासस)

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ११ : १२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी