बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा « Khabarhub

बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका परिवार तथा समर्थकहरू सडकमा उत्रिएका छन् ।

सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ ।

मृतक दोङकी श्रीमती र छोरासहित परिवारका सदस्य तथा समर्थकहरू मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले दोङलाई जबर्जस्ती मर्न बाध्य बनाइएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

परिवारले घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा पत्रकारहरूलाई घटनाबारे जानकारी दिँदै समाचार सम्प्रेषणमा सहयोग गर्नसमेत आग्रह गरिएको छ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको हाे ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : १४ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ