बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा « Khabarhub

बस चालक अर्जुन दोङको मृत्यु प्रकरण : न्याय माग्दै परिवार सडकमा


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै उनका परिवार तथा समर्थकहरू सडकमा उत्रिएका छन् ।

सोमबार काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका दोङको उपचारका क्रममा गएराति कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको परिवारले जनाएको छ ।

मृतक दोङकी श्रीमती र छोरासहित परिवारका सदस्य तथा समर्थकहरू मंगलबार कीर्तिपुरस्थित बर्न अस्पताल परिसरमा प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले दोङलाई जबर्जस्ती मर्न बाध्य बनाइएको आरोप लगाउँदै घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनामा संलग्न दोषीमाथि कारबाही, पीडित परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

परिवारले घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । प्रदर्शनका क्रममा सञ्चारमाध्यम तथा पत्रकारहरूलाई घटनाबारे जानकारी दिँदै समाचार सम्प्रेषणमा सहयोग गर्नसमेत आग्रह गरिएको छ।

सोमबार मुलपानीदेखि थानकोटतर्फ जाँदै गरेको रिद्धिसिद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा त्रिपुरेश्वरमा आगलागी भएको थियो ।

आगलागी लगत्तै दमकलको सहायताले आगो नियन्त्रणमा लिइए पनि ९० प्रतिशतभन्दा बढी शरीर जलेका चालकको उपचारकै क्रममा मृत्यु भएको हाे ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : १४ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली