दर्ता नभएका औषधि बिक्री रोक्न अनुरोध « Khabarhub

दर्ता नभएका औषधि बिक्री रोक्न अनुरोध


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न  पक्षसँग अनुरोध गरेको छ ।

परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।

परिषद्का अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार रोक्न आग्रह गरेको हो । सूचनामा कानुनविपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न/गराउन अनुरोध गरिएको छ ।

परिषद्ले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १२ : २४ बजे

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

न्यूयोर्क– इरानका विदेशमन्त्री अब्बास अराघ्ची संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन

हिमपातका कारण मनास्लु आरोहण नगरी फर्किए केही आरोही

गोरखा– भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि

हनुमन्तेश्वर माविमा वैतेश्वरमा विद्यालय व्यवस्थापन समिति सदस्यका लागि निर्वाचन

दोलखा– दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय

अमेरिकी टेलिभिजन च्यानलले ट्रम्पको प्रत्यक्ष प्रसारण रोके, ह्वाइट हाउसले ‘ट्रम्प टीभी’ सुरु गर्‍यो

वासिङ्टन (एएफपी)- अमेरिकाका ठूला टेलिभिजन च्यानलहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पका कार्यक्रमको

सिजीको दशैं-तिहार लक्षित योजना सार्वजनिक, के-के छन् उपहार ?

काठमाडौं– नेपालको इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले आफ्नो वार्षिक अभियान ‘एक्पेरिएन्स लाइफ