बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू) « Khabarhub

बबरमहलमा धमाधम बन्दैछ आकाशे पुल (तस्बिरहरू)


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि आकाशे पुल निर्माणको काम धमाधम भइरहेको छ । 

माइतीघर–बानेश्वर सडकखण्डअन्तर्गत जिल्ला अदालत अगाडि पैदल यात्रुको चाप बढ्दै गएपछि सुरक्षित रूपमा सडक वारपार गर्न सहज होस् भन्ने उद्देश्यले आकाशे पुल निर्माण भइरहेको हो ।

उक्त स्थानमा जेब्राक्रसबाट सडक पार गर्ने पैदल यात्रुको संख्या धेरै हुने गरेको छ। आकाशे पुल नहुँदा व्यस्त सडकमा सवारीसाधनको चापबीच पैदल यात्रु जोखिम मोलेर सडक पार गर्न बाध्य हुँदै आएका छन् ।

करिब एक वर्षअघि नै निर्माण प्रक्रिया सुरु भए पनि पछिल्लो समय आकाशे पुल निर्माणले गति लिएको छ। अहिले निर्माणस्थलमा संरचना तयार गर्ने, फलामे संरचना जडान तथा अन्य निर्माणसम्बन्धी काम भइरहेको छ।

सवारीसाधन र पैदल यात्रुको अत्यधिक चाप रहने बबरमहलसँगै शान्तिनगर क्षेत्रमा पनि आकाशे पुल निर्माणको काम अघि बढाइएको छ। पैदल यात्रुको सुरक्षित र सहज आवागमनलाई ध्यानमा राख्दै सरकारले यी स्थानमा आकाशे पुल निर्माण गर्न बजेट विनियोजन गरेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयले रणनीतिक सडकअन्तर्गत बबरमहलमा आकाशे पुल निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ र मीनभवन क्षेत्रमा आकाशे पुल निर्माणका लागि ४ करोड रुपैयाँ बजेट छुट्याएको छ ।

आकाशे पुल निर्माण सम्पन्न भएपछि व्यस्त सडकमा पैदल यात्रुले सुरक्षित रूपमा सडक पार गर्न पाउने तथा सवारी आवागमनलाई समेत सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ३७ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा