ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा « Khabarhub

ट्रम्पको महासभा सम्बोधनमा युद्ध, शान्ति र हर्मुजको मुद्दा


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घको महासभालाई मङ्गलबार सम्बोधन गर्दै आफ्नो प्रशासनले युद्धका क्रममा हासिल गरेका उपलब्धि तथा शान्ति स्थापनाका प्रयासबारे धारणा राख्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति ट्रम्पले इरानसँगको युद्धको औचित्य पुष्टि गर्नुका साथै गाजामा जारी द्वन्द्व अन्त्य गर्न आफ्नो प्रशासनले अघि सारेको पहल र इजरायलसँगको अब्राहम सम्झौतामा थप अरब राष्ट्रलाई सहभागी गराउने प्रयासबारे धारणा राख्ने सम्भावना छ।

उनले हर्मुज जलडमरूमध्यमा युद्धका कारण उत्पन्न अवरोध र त्यसबाट भएको आर्थिक क्षतिबारे पनि अमेरिकी पक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

इन्टरनेसनल क्राइसिस ग्रुपका डेनियल फोर्टीले ट्रम्पले आफूलाई शान्ति निर्माता र सैन्य कारबाहीका समर्थक दुवै रूपमा प्रस्तुत गर्न सक्ने बताए । महासभामा उनले संयुक्त राष्ट्रसङ्घप्रतिको आलोचनालाई पनि निरन्तरता दिन सक्ने अनुमान गरिएको छ।

गत वर्ष ट्रम्पले संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आफूले प्रयोग गरेको एस्केलेटर रोकिएको र टेलिप्रोम्प्टरमा समस्या आएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले एस्केलेटरको जाँच गरिएको र अमेरिकी प्रतिनिधिमण्डलका लागि टेलिप्रोम्प्टरको नयाँ व्यवस्था गरिएको बताए

महासभाका क्रममा ट्रम्पले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जापानका प्रधानमन्त्री साने तकाइची र भेनेजुएलाका कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

महासभाको उच्चस्तरीय बैठकमा युद्ध, कृत्रिम बौद्धिकता, विश्वव्यापी सुरक्षा तथा आर्थिक चुनौतीलगायत विषयमा छलफल भइरहेको छ।

ट्रम्पअघि ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले महासभालाई सम्बोधन गर्नेछन्। पुनःनिर्वाचनको तयारीमा रहेका लुलाले ट्रम्पलाई ब्राजिलको आगामी निर्वाचनमा हस्तक्षेप नगर्न आग्रह गर्ने बताए।

महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म अमेरिकाको न्युयोर्कमा हुँदैछ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  १ : ३२ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा