हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित  « Khabarhub

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ ।

विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदानको अन्तिम मत परिणाम अनुसार नवीनकुमार खतिवडा र रत्नबहादुर दाहाल विजयी भएका छन् ।

खतिवडा ,दाहाल र अर्को अभिभावक पोस्टबहादुर दाहालबीच भएको चुनावी निर्वाचनमा खतिवडाले २००सहित विजयी भएका हुन।

त्यसैगरी रत्नबहादुर दाहालले १७५ मतसहित निर्वाचित हुँदा पोस्टबहादुर दाहालले ११९ मत पाएका छन् । करिब पाँचसय अभिभावक रहेको उक्त विद्यालयका दुईसय ७७ जना अभिभावकले मात्र निर्वाचन प्रक्रियामा भाग लिएर मतदान गरेका थिए ।

महिला तथा खुला पुरुषतर्फबाट निर्वाचित सदस्यहरूबाट अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गरिनेछ ।
 सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : ०८ बजे

एमाले बैठकमा झपट रावलले भने : हामी नसुध्रिए योभन्दा दुर्दिन टाढा छैन

काठमाडौं- नेकपा एमालेको ललितपुरमा जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौं– जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा

राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं  – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन

रासायनिक मल आपूर्तिका लागि अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

काठमाडौं  – आगामी याममा किसानलाई आवश्यक पर्ने रासायनिक मल सहज रूपमा