दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ ।
विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदानको अन्तिम मत परिणाम अनुसार नवीनकुमार खतिवडा र रत्नबहादुर दाहाल विजयी भएका छन् ।
खतिवडा ,दाहाल र अर्को अभिभावक पोस्टबहादुर दाहालबीच भएको चुनावी निर्वाचनमा खतिवडाले २००सहित विजयी भएका हुन।
त्यसैगरी रत्नबहादुर दाहालले १७५ मतसहित निर्वाचित हुँदा पोस्टबहादुर दाहालले ११९ मत पाएका छन् । करिब पाँचसय अभिभावक रहेको उक्त विद्यालयका दुईसय ७७ जना अभिभावकले मात्र निर्वाचन प्रक्रियामा भाग लिएर मतदान गरेका थिए ।
महिला तथा खुला पुरुषतर्फबाट निर्वाचित सदस्यहरूबाट अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गरिनेछ ।
सुवाश बस्नेत/दोलखा













प्रतिक्रिया