हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित  « Khabarhub

हनुमन्तेश्वर माविको विव्यस सदस्यमा खतिवडा र दाहाल निर्वाचित 


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

दोलखा- दोलखाको बैतेश्वर गाउँपालिका–४ स्थित हनुमन्तेश्वर माध्यमिक विद्यालय नमुनाको विद्यालय व्यवस्थापन समिति (विव्यस) सदस्य चयनका लागि मंगलबार मतदान भएको छ ।

विद्यालय व्यवस्थापन समितिको ७ सदस्यीय समितिमा खुला पुरुष सदस्यका दुई पदमा सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत सदस्य चयनको लागि मंगलबार बिहान १० बजेदेखि सुरु भएको मतदानको अन्तिम मत परिणाम अनुसार नवीनकुमार खतिवडा र रत्नबहादुर दाहाल विजयी भएका छन् ।

खतिवडा ,दाहाल र अर्को अभिभावक पोस्टबहादुर दाहालबीच भएको चुनावी निर्वाचनमा खतिवडाले २००सहित विजयी भएका हुन।

त्यसैगरी रत्नबहादुर दाहालले १७५ मतसहित निर्वाचित हुँदा पोस्टबहादुर दाहालले ११९ मत पाएका छन् । करिब पाँचसय अभिभावक रहेको उक्त विद्यालयका दुईसय ७७ जना अभिभावकले मात्र निर्वाचन प्रक्रियामा भाग लिएर मतदान गरेका थिए ।

महिला तथा खुला पुरुषतर्फबाट निर्वाचित सदस्यहरूबाट अब विद्यालय व्यवस्थापन समितिको अध्यक्ष छनोट गरिनेछ ।
 सुवाश बस्नेत/दोलखा
 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ५ : ०८ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली