पूर्वी युक्रेनमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु « Khabarhub

पूर्वी युक्रेनमा रुसी आक्रमणबाट पाँच जनाको मृत्यु


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

किभ– पूर्वी युक्रेनको निप्रो सहरमा रुसी सेनाले गरेको आक्रमणमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले मङ्गलबार बताएका छन्। राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका बेला उक्त आक्रमण भएको हो।

निप्रोपेट्रोभस्क क्षेत्रीय गभर्नर ओलेक्सान्डर गान्झाका अनुसार रुसी सेनाले राति निप्रोका चार जिल्लामा मिसाइल, ड्रोन र तोपखानाबाट आक्रमण गरेको थियो। आक्रमणमा गोदाम र एउटा व्यापारिक प्रतिष्ठानमा क्षति पुगेको छ।

आक्रमणपछि भग्नावशेषबाट चार जनाको शव निकालिएको र खोजी तथा उद्धारकार्य जारी रहेको गान्झाले बताएका छन् ।

गान्झाका अनुसार राष्ट्रपति जेलेन्स्कीको गृहसहर क्रिभी रिह र पाभ्लोग्राडका औद्योगिक क्षेत्रलाई समेत रुसी सेनाले लक्षित गरेको थियो।

यसैबीच, दक्षिणी माइकोलाइभ क्षेत्रमा रुसी सेनाले लामो दूरीका ड्रोनबाट गरेको आक्रमणमा तीन वर्षीय बालकको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। आक्रमणमा अन्य चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

रुस र युक्रेनले पछिल्ला महिनामा कारखाना, गोदाम, ऊर्जा तथा बन्दरगाह पूर्वाधार र कालो सागरमा रहेका जहाजलगायत संरचनामाथि लामो दूरीका आक्रमण तीव्र पारेका छन्।

यसैबीच, न्युयोर्कमा रहेका जेलेन्स्कीले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने अपेक्षा गरिएको छ। उनले युक्रेनको हवाई प्रतिरक्षा क्षमता सुदृढ पार्न तथा देशका लागि आवश्यक आर्थिक स्रोत सुनिश्चित गर्न काम भइरहेको बताए।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेपछि जारी युद्ध अन्त्यका लागि अमेरिकाले कूटनीतिक मध्यस्थताको प्रयास अघि बढाइरहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ६ : १२ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी