गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना « Khabarhub

गण्डकी र लुम्बिनीमा भारी र अति भारी वर्षाको सम्भावना


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाले मंगलबार साँझ विशेष मौसम बुलेटिन जारी गरी दिएको जानकारी अनुसार असोज ९ गते शुक्रबारदेखि असोज ११ गते आइतबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना छ ।

त्यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनसक्ने पूर्वानुमान छ ।

महाशाखाका अनुसार उत्तर अण्डमान सागर र आसपासको क्षेत्रमा विकसित भएको न्यून चापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भू–भाग आसपासमा रहेको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै डीप डिप्रेसन (बलियो न्यून चापीय क्षेत्र) का रूपमा पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको छ । यसको प्रभावले बुधबारदेखि कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने महाशाखाले जनाएको छ ।

सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाव हुने भएकाले शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम हुनसक्ने चेतावनी दिइएको छ ।

ठूला तथा साना नदी, नाला र खोलाहरूमा पानीको सतह बढ्नसक्ने भएकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुनसक्ने महाशाखाले जनाएको छ ।

महाशाखाले सर्वसाधारण तथा सम्बन्धित निकायलाई आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरेको छ । हाल केही स्थानबाट धानबाली भिर्त्याउने मौसमसम्बन्धी जानकारी माग भइरहेकाले कृषि विज्ञको सल्लाहअनुसार काम गर्नसमेत आग्रह गरिएको छ ।

मौसम प्रणालीको प्रभाव हिमाली भूभागमा समेत पर्ने र भारीसम्म हिमपात हुनसक्ने भएकाले पर्वतारोही तथा सम्बन्धित सबैलाई उच्च सतर्कता अपनाउन पनि मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

विभाग प्रवक्ता विभूति पोखरेलले हिमाली भेगमा स्नो स्ट्रोम (हिम आँधी) जोखिम रहेको भन्दै उच्च सतर्कता आवश्यक रहेको बताइन ।

मौसम पूर्वानुमान महाशाखाले उक्त मनसुनी प्रणालीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ । मौसममा थप परिवर्तन हुनसक्ने भएकाले महाशाखाबाट जारी हुने नियमित तथा अद्यावधिक मौसम सूचना हेर्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ८ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका