चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली « Khabarhub

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली


६ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण गरेको छ । मंगलबार चीनमा आयोजित एक कार्यक्रममार्फत चीन मौसम विज्ञान प्रशासन (सीएमए) ले  नेपालको जल तथा मौसम विभागलाई उक्त प्रविधि हस्तान्तरण गरेको हो ।

उक्त प्रणालीको नाम माजु-नेपाल राखिएको छ ।  माजु-नेपालले चीनको मौसमी भूउपग्रह फेङयुनमार्फत् डेटा उपलब्ध गराउँछ । मौसमसम्बन्धी  रियल टाइम डेटा उपलब्ध गराउनका लागि त्यसमा उच्चस्तरको चिनियाँ एआई मोडलसमेत जडान गरिएको सीएमएले बताएको छ ।

विश्व मौसम विज्ञान केन्द्र बेइजिङका वरिष्ठ इन्जिनियर हुवा वेनलीले यो प्रणाली क्लाउडमा आधारित पूर्वचेतावनी प्रणाली मात्रै नरहेको बताएका छन् ।  ”यो केबल क्लाउडमा आधारित मौसमी सूचना प्रणाली होइन । नेपाललाई उचित समयमै निर्णय लिन सघाउ पुर्‍याउने  उच्च गुणस्तरको सूचना प्रणाली हो,” उनले भनेका छन् । 

यस्तै,सीएमका प्रशासक छेन झेलिनले  नेपाललाई मौसमी सूचना उपलब्ध गराउने यस प्रणालीको प्राविधिक तालिम प्रदान गरिने बताए । विपद्‌बारे पूर्वचेतावनी तथा जनधन सुरक्षा यस प्रणालीको मुख्य उद्देश्य रहेको सीएमएले जनाएको छ ।

भदौ १० मा आएको भोटेकोशी बाढीले जनधनको ठूलो क्षति पुर्‍याएपछि चीनले नेपाललाई मौसमी सूचनाका लागि अत्याधुनिक प्रणाली हस्तान्तरण गरेको हो । 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलबार  ११ : ०० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी