एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा « Khabarhub

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल मड्रिडले युइएफए च्याम्पियन्स लिगको ‘लिग स्टेज’ मा आफ्नो शतप्रतिशत नतिजालाई निरन्तरता दिएको छ।

बुधबार राति सम्पन्न खेलमा जोसे मोरिन्होको टोली रियल मड्रिडले आरबी लाइप्जिगलाई ४–१ को फराकिलो अन्तरले पराजित गरेको हो।

घरेलु मैदानमा पहिलो हाफको अन्त्यतिर बर्नाडो सिल्भाले गोल गर्दै मड्रिडलाई अग्रता दिलाएका थिए। म्यानचेस्टर सिटीबाट यसै सिजन मड्रिड आएका सिल्भाको यो पहिलो गोल हो।

पहिलो हाफमा १–० ले अघि रहेको मड्रिडका लागि ५२औँ मिनेटमा आर्दा गुलरले एमबाप्पेको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए।

८३औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टी बक्सको बाहिरबाट उत्कृष्ट गोल गर्दै मड्रिडलाई ३-० को स्थितिमा पुर्‍याए। यो यस सिजन १२ खेलमा एमबाप्पेको १२औँ गोल हो।

८५औँ मिनेटमा लाइप्जिगका टिडियाम गोमिसले एक गोल फर्काउँदै खेलमा फर्किने प्रयास गरेका थिए। तर, त्यसको दुई मिनेटलगत्तै ८७औँ मिनेटमा पूर्व क्लबविरुद्ध खेल्दै यान डिओमान्डेले बक्स बाहिरबाट आकर्षक भली गोल गर्दै मड्रिडको ४–१ को जित पक्का गरे।

यस जितसँगै च्याम्पियन्स लिगमा मोरिन्होको टोलीले आफ्नो उत्कृष्ट यात्रा कायम राखेको छ। अब मड्रिडले आउँदो आइतबार सिजनको पहिलो ‘एल क्लासिको’ मा बार्सिलोनाको सामना गर्नेछ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ७ : ४३ बजे

आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने

काठमाडौँ – आइसिसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल