बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान « Khabarhub

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाउन थालिएको छ।

गत साउनमा जिल्लामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएपछि यसको फैलावट रोक्न किसानका गोठमै पुगेर खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाँकेका सूचना अधिकारी भोजबहादुर रावलले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, राप्ती सोनारी गाउँपालिका र जानकी गाउँपालिकामा पशु स्वास्थ्य प्राविधिकले किसानका गोठमै पुगेर खोप लगाइरहेका छन्।

लुम्बिनी प्रदेश सरकारको कार्यक्रमअन्तर्गत केन्द्रले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर अभियान सञ्चालन गरेको हो।

यद्यपि, जिल्लाका खजुरा, बैजनाथ, डुडुवा र नरैनापुर गाउँपालिकाले भने हालसम्म लम्पी स्किनविरुद्धको खोप अभियान सञ्चालन गर्न चासो नदेखाएको सूचना अधिकारी रावलले बताए।

लम्पी स्किन गाईभैँसीमा लाग्ने भाइरसजन्य सङ्क्रामक रोग हो। यो रोग क्याप्रिपक्स समूहको भाइरसका कारण लाग्छ। पशुमा यसको सङ्क्रमण फैलिन नदिन खोप अभियान प्रभावकारी हुने पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  १२ : ०३ बजे

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ–  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन् ।