बडादसैँको टीका आज पनि लगाइँदै « Khabarhub

बडादसैँको टीका आज पनि लगाइँदै


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि टीका र जमरा लगाएर दसैँ मनाइँदैछ ।
 
आज पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका र समृद्धिको प्रतीक जमरा लगाएर बडादसैँ मनाइएको छ ।
 
बुधबार बडादसैँको मुख्य दिन अर्थात् विजया दशमी हो भने आज एकादशी हो । त्यसैले हिजो टीका थाप्न नभ्याएकाले आज पनि आफन्त तथा मान्यजनहरुकामा पुगेर विजया दशमीको टीका थापिरहेका छन् ।  
 
हिजो घरैमा टीका लगाएका कतिपय सर्वसाधारण आज काठमाडौँ बाहिर रहेका आफन्त र मान्यजनकहाँ गइरहेका छन् ।
 
काठमाडौँबाट लामो तथा छोटो दूरीका सवारीसाधन फाट्टफुट्ट सञ्चालन भइरहेकाले कतिपय नागरिक आफन्त र मान्यजनहरुकहाँ टीका थाप्नका लागि बाहिरिएका हुन् । त्यस्तै मानिसहरू बाहिरबाट पनि काठमाडौँ आइरहेका छन् ।
   
बडादसैँको टीकाको मुख्य दिन बुधबार भएपनि कोजाग्रत पूर्णिमासम्म नै मान्यजनबाट दुर्गाको प्रसादका रूपमा टीका र जमरा लगाउने प्रचलन रही आएको छ ।

त्यसैले आज पनि बडादसैँको टीका लगाउने र लगाइदिने एवम् आशीर्वाद लिने दिने क्रम जारी नै रहेकाले काठमाडौँमा चहलपहल केही बढेको देखिएको छ । 

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  २ : ०७ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’