प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित « Khabarhub

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजारभन्दा बढी यात्रु लाभान्वित


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले काठमाडौँ उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ जना नागरिक लाभान्वित भएका छन् । दसैँका बेला सार्वजनिक सवारीसाधनको अभाव र यात्रुको चापलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायले सञ्चालन गरेका निःशुल्क बस सेवाले सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ ।

नेपाल प्रहरीले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट एक हजार ४०६ जना नागरिक लाभान्वित भएका नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार यही कात्तिक ३ गते महानवमी र कात्तिक ४ गते विजयादशमीका दिन उपत्यकामा तीन वटा बस निःशुल्क सञ्चालन गरिएका थिए ।

महानवमीका दिन ५१० जना र विजयादशमीका दिन ८९६ जना नागरिकले उक्त सेवा लिएका थिए । यसैगरी, सशस्त्र प्रहरी बल नेपालले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट बुधबारसम्म दुई हजार १७९ जना सर्वसाधारण लाभान्वित भएका छन् । सशस्त्र प्रहरीले गत सोमबारदेखि दुई वटा बसमार्फत सञ्चालन गरेको सेवा भोलि शुक्रबारसम्म जारी रहने जनाएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सोमबार ४५० जना, मङ्गलबार ६१६ जना र बुधबार अर्थात् विजयादशमीका दिन एक हजार ११३ जना नागरिकले निःशुल्क बस सेवा लिएका थिए ।

सहायक प्रवक्ता थापाले सोमबारदेखि सुरु भएको निःशुल्क बस सेवा शुक्रबारसम्म सञ्चालन हुने जानकारी दिँदै आज पनि सेवा जारी रहेको बताए । दसैँका समयमा टीका थाप्न जाने यात्रुलाई बिनाशुल्क सहज र सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले केही वर्षदेखि सञ्चालन हुँदै आएको दुई प्रहरी सङ्गठनको निःशुल्क बस सेवाबाट नागरिक लाभान्वित भएको र सार्वजनिक यातायातका सवारीसाधनले मनपरी भाडा असुल्नेक्रम रोकिएको आमसर्वसाधारणको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ५ : ३७ बजे

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,

डण्डा दुर्घटना : मृतकका परिवारद्वारा निष्पक्ष अनुसन्धानको माग

कावासोती- नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका-१६ डण्डामा कारको