एनपीएलको टिकट मूल्य सार्वजनिक « Khabarhub

एनपीएलको टिकट मूल्य सार्वजनिक


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य सार्वजनिक गरेको छ। आगामी अक्टोबर २६ देखि नोभेम्बर २१, २०२६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने यस प्रतियोगिताका खेलहरूका लागि विभिन्न विधामा टिकटको दर तोकिएको हो।

क्यानले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लिग चरणका खेलहरूका लागि साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १,००० रुपैयाँ निर्धारण गरिएको छ। त्यस्तै, नकआउट चरणका एलिमिनेटर तथा फाइनल खेलहरूका लागि भने साधारण टिकटको मूल्य १,००० रुपैयाँ र प्रिमियम टिकटको मूल्य २,००० रुपैयाँ तोकिएको छ।

प्रतियोगिताका सम्पूर्ण खेलहरूको टिकट आज साँझ ८:०० बजेदेखि डिजिटल भुक्तानी सेवा प्रदायक इसेवामार्फत सहजै खरिद गर्न सकिने व्यहोरा पनि क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ७ : ०६ बजे

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर