ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त « Khabarhub

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त


५ कार्तिक २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर एक जना नेपाली नागरिकको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै घटनामा नेपाली नागरिकको ज्यान गएकोमा दुःख व्यक्त गर्दै मृतकका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

साथै, घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । परराष्ट्र मन्त्रालयले सर्वसाधारण र अत्यावश्यक पूर्वाधारहरूलाई लक्षित गरी गरिने कुनै पनि किसिमका आक्रमणको कडा शब्दमा भर्त्सना गर्ने नेपालको अडानलाई पुनः दोहोर्‍याएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा कुनै पनि विवादको समाधान हिंसाबाट नभई संवाद, वार्ता र कूटनीतिक पहलका माध्यमबाट शान्तिपूर्ण रूपमा गरिनुपर्ने धारणा व्यक्त गरिएको छ । साउदी अरामकोद्वारा सञ्चालित सायबाह तेल क्षेत्र दक्षिणपूर्वी साउदी अरेबियाको रुब अल खाली मरुभूमिमा अवस्थित छ।

पछिल्लो समय खाडी क्षेत्रमा बढ्दो क्षेत्रीय तनावका कारण निर्माण, सुरक्षा, आतिथ्य र ऊर्जा जस्ता विभिन्न क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरूको सुरक्षाप्रति थप चिन्ता बढाएको छ। नेपालले अन्तर्राष्ट्रिय विवादहरूलाई सधैँ कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने र नागरिक तथा नागरिक पूर्वाधारको रक्षा गरिनुपर्नेमा जोड दिँदै आएको छ।

प्रकाशित मिति : ५ कार्तिक २०८३, बिहिबार  ७ : २८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर