काठमाडौं- इरान, पाकिस्तान र अफगानिस्तानको सीमावर्ती क्षेत्रमा तस्करी बढ्दै गएको छ । सीमावर्ती क्षेत्रमा भइरहेको तस्करी एउटा अपराधमा मात्र सीमित नभई समानान्तर अर्थतन्त्र बनेको छ । बलोचिस्तानसहितका मरुभूमि तथा दुर्गम पहाडी मार्गहरूबाट इन्धन, लागूऔषध, हातहतियार, बहुमूल्य पत्थर, सुन र काठजस्ता वस्तुहरूको ठूलो परिमाणमा ओसारपसार भइरहेको छ ।
राज्यले बाहिरबाट तस्करी नियन्त्रण गर्ने दाबी गरे तापनि भित्रभित्रै सुरक्षा निकाय, गुप्तचर संस्था, भन्सार र स्थानीय प्रशासनका केही प्रभावशाली तस्करहरूसँग मिलेमतो रहेको अध्ययनहरूले देखाएका छन् । सीमा क्षेत्रमा रोजगारी र पूर्वाधारको अभाव भएकाले स्थानीय समुदायको जीविकोपार्जनसमेत यसै अवैध व्यापारमा निर्भर छ ।
यसका साथै, यस्ता तस्करीका मार्ग र सञ्जालहरू चरमपन्थी तथा आपराधिक समूहहरूले समेत प्रयोग गर्ने भएकाले यसले क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती थपेको छ। विज्ञहरूका अनुसार सीमामा घेराबन्दी वा कडाइ गरेर मात्र यो समस्या समाधान हुँदैन । यसका लागि राज्यका निकायहरूमा पारदर्शिता र स्थानीय बासिन्दाका लागि वैध आर्थिक विकल्पको सिर्जना गर्नु आवश्यक रहेको विज्ञहरु बताउँछन् ।














प्रतिक्रिया