प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई « Khabarhub

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई


६ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम धरान अन्तरराष्ट्रिय आमन्त्रण महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

धरान रङ्गशालामा शनिबार राति सम्पन्न फाइनलमा नेपाल पुलिस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै एपिएफले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको चौथो मिनेटमा रश्मीकुमारी घिसिङले गोल गर्दै एपिएफलाई अग्रता दिलाएकी थिइन् । अतिरिक्त समयको ३०औँ मिनेटमा अनिता केसीले दोस्रो गोल थपेपछि एपिएफको जित सुनिश्चित भएको थियो ।

एपिएफले प्रतियोगिताको पहिलो संस्करणमै उपाधि जित्न सफल भएको छ । उपाधिसँगै एपिएफले नगद रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ भने उपविजेता नेपाल पुलिस क्लबले रु तीन लाख पुरस्कार प्राप्त गरेको आयोजक फुटबल क्लबका अध्यक्ष तथा प्रतियोगिताका संयोजक सन्तोष राईले जानकारी दिए ।

डी–१९ क्लब धरान–१९ र स्वर्णिम फुटबल क्लबको संयुक्त आयोजनामा गत कात्तिक २८ देखि धरान रङ्गशालामा रात्रिकालीन रूपमा सञ्चालन भएको प्रतियोगितामा एक भारतीय टोलीसहित आठ टोलीको सहभागिता थियो ।
 

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  ६ : ४९ बजे

‘प्रथम एक्सट्रिम शिखर स्पोर्टस कप–२०८३’ को उपाधि सोल्मालाई

खोटाङ–  शिखर स्पोर्टस क्लब खार्मी खोटाङले आयोजना गरेको ‘प्रथम एक्सट्रिम शिखर

बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै गोसाइँकुण्ड

रसुवा– रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड

पर्सा–बाराका चार पालिकामा नगर बस सञ्चालनको तयारी

वीरगन्ज–  वीरगन्ज महानगरपालिकासहित पर्सा र बाराका चार पालिकालाई जोडेर नगर

प्रथम धरान महिला गोल्डकपको उपाधि एपीएफ क्लबलाई

सुनसरी– विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) फुटबल क्लबले प्रथम

पर्यटक आगमन बढेपछि स्थानीय उत्साहित

पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका–४ स्थित चारराते क्षेत्रमा पर्यटकको घुइँचो लाग्न