काठमाडौं – काठमाडौंमा चोरी भएको माइक्रोबससहित दुई जना पक्राउ परेका छन् ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल कलंकी बस्ने बाबुराम तामाङ र सिन्धुलीको लखनपुर घर भई स्वयम्भू बस्ने विशाल लामालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार बा १ ज ९८०५ नम्बरको माइक्रोबस गत कात्तिक २९ गते नागार्जुन नगरपालिका–बाफलबाट हराएको थियो । माइक्रोबस हराएको भन्दै परेको उजुरीका आधारमा प्रहरीले खोजी सुरु गरेको थियो ।
खोजीका क्रममा प्रहरीले मंसिर २ गते कलंकीबाट चोरी भएको माइक्रोबस बरामद गरेको हो । घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया