बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा « Khabarhub

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स फाइनल पुगेको छ।

तालिकाको शीर्ष स्थानमा रहेर पनि पहिलो क्वालिफायरमा पराजित भएको सन्दीपको टिम दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो।

पहिलो क्वालिफायरमा चटगाउँ रोयल्सँग ६ विकेटले पराजित भएको वारियर्सले दोस्रो क्वालिफायरमा सिलेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

अब सन्दीपको टिमले फाइनलमा शुक्रबार पहिलो क्वालिफायरमा आमनेसामने भएको टिम चटगाउँसँग प्रतिस्पर्धा गर्नैछ।पहिलो क्वालिफायरको हारको बदला लिएमा वारियर्सले उपाधि उचाल्ने छ।

फाइनल प्रतिस्पर्धा शुक्रबार साँझ ५ः४५ बजे बंगलादेशको मिरपुरमा हुँदैछ।

सन्दीप लामिछाने ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछानेले ११५ रन खर्चिएर पाँच विकेट हात पारेका छन्। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका छैनन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : ०३ बजे

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा

सुन र चाँदीको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ ।

नेपाललाई नेदरल्यान्डले दियो १४१ रनको चुनौती

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा नेदरल्यान्डले

भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन : महानिरीक्षक कार्की 

काठमाडौं– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष

विश्वकप अभ्यास : श्रीलंकाविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम