बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा « Khabarhub

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप लामिछाने आवद्ध टिम राजशी वारियर्स फाइनल पुगेको छ।

तालिकाको शीर्ष स्थानमा रहेर पनि पहिलो क्वालिफायरमा पराजित भएको सन्दीपको टिम दोस्रो क्वालिफायरमा विजयी हुँदै फाइनल पुगेको हो।

पहिलो क्वालिफायरमा चटगाउँ रोयल्सँग ६ विकेटले पराजित भएको वारियर्सले दोस्रो क्वालिफायरमा सिलेट टाइटन्सलाई १२ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।

अब सन्दीपको टिमले फाइनलमा शुक्रबार पहिलो क्वालिफायरमा आमनेसामने भएको टिम चटगाउँसँग प्रतिस्पर्धा गर्नैछ।पहिलो क्वालिफायरको हारको बदला लिएमा वारियर्सले उपाधि उचाल्ने छ।

फाइनल प्रतिस्पर्धा शुक्रबार साँझ ५ः४५ बजे बंगलादेशको मिरपुरमा हुँदैछ।

सन्दीप लामिछाने ।

चार खेलमा प्लेइङ ११ मा परेका सन्दीप लामिछानेले ११५ रन खर्चिएर पाँच विकेट हात पारेका छन्। सुरुवातका खेलमा पहिलो रोजाइमा परेका सन्दीप पछिल्ला खेलमा प्लेइङ ११ मा पर्न सकेका छैनन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : ०३ बजे

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म पुरस्कार

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक

कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि मतदान सुरू

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान

पोखरेबगर पुलको पहुँचमार्ग जोडियो, हलुका सवारीसाधन चल्न थाले

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कालीगण्डकी नदीको बाढीले बगाएको म्याग्दीको पोखरेबगर पुलको