कांग्रेसका दागी नेतालाई टिकटमा तगारो « Khabarhub

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन २१ को निर्वाचन मिति तोकेसँगै दलमा रुपान्तरणको आवाज गुन्जियो । एमालेसहित केही दल महाधिवेशन मार्फत ताजा नेतृत्व लिएर जानेमा तयार बने । केही भने निर्वाचनको पूर्वसन्ध्यामा गरिने महाधिवेशनले दलभित्र दरार आउने अडान लिँदै चुनावपछि महाधिवेशन गर्ने निर्णयमा पुगे ।

देशकै ठूलो मतभार रहेको नेपाली कांग्रेसको नेतृत्वबाट पनि सोही दाबी अघि सारियो । तर उक्त दाबीमा ५४ प्रतिशत बढी महाधिवेशन प्रतिनिधि र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भने तयार भएनन् । अन्तत महाधिवेशनको मिति तोकिए पनि हुन नसकेपछि विशेष महाधिवेशनले नेतृत्व बदल्यो ।

१४ औं महाधिवेशनमा शेखर कोइराला पक्षको पूर्ण सहमति नपाएका थापा सभापति बने । उनीसहित १३७ जनाको नव कार्यसमितिलाई निर्वाचन आयोगले सदर गरिदियो । राष्ट्रिय सभा र समानुपातिकमा निवर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहे पनि प्रतिनिधि सभाको उम्मेदवारीमा थापा हस्ताक्षरित टिकट लिएर उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् ।

रुपान्तरित कांग्रेससहित जेन–जी आन्दोलन निम्तिनुको दोष स्वीकारेका थापा नेतृत्वले १६५ क्षेत्रमा पठाएको उम्मेदवार मध्ये १३१ नयाँ अनुहार छन् । अन्य ३६ जना भने दोहोरिएरै उम्मेदवार बने । उनको यो कदमलाई केहीले शीर्षनेताको नजिक र हेभिवेट भएकै कारणले मात्रै टिकट वितरण गरिने शैली नै फेरिएको भनेका छन् । कतिले भने संगठन बनाएका नेतालाई चुनावी प्रतिस्पर्धामा बञ्चित गराउनु लोकतन्त्र विपरित रहेको समेत टिप्पणी गरेका छन् ।

राष्ट्रिय सभा र समानुपातिकमा निवर्तमान सभापति शेरबहादुर देउवाको हस्ताक्षर रहे पनि प्रतिनिधि सभाको उम्मेदवारीमा थापा हस्ताक्षरित टिकट लिएर उम्मेदवार चुनावी मैदानमा पुगिसकेका छन् ।

विशेष महाधिवेशन एकताबाटै टुङ्ग्याउनेमा मेल नभएपछि सभापति बनेका थापा र देउवापक्षबीच ६०/४० हुनेगरी उम्मेदवारी दर्तालाई लिएर भने सहकार्य भयो । तर थापाले देउवा पक्षबाट पठाइएको सूचीबाट आफूनिकट बन्न गएका र जित्न सक्नेलाई मात्रै उम्मेदवारी दिएको देउवा पक्षको गुनासो छ ।

देउवा निकट एक स्रोतका अनुसार सूचीमा सभापति शेरबहादुर देउवा, रमेश लेखक, आरजु राणा, पूर्णबहादुर खड्का, रामहरि खतिवडा, दिपक खड्का, बालकृष्ण खाण, मोहनबहादुर बस्नेत, धनराज गुरुङसहितका नेता टिकटमा छुटे ।

खड्का र गुरुङ्सहित कतिले टिकट अस्वीकार गरे भने कतिले चाहना राख्दा पनि टिकट पाएनन् । कोही भ्रष्टाचार र अनियमितताजस्ता गम्भीर प्रकरणमा मुछिएका नेता छन् । सोही कारण टिकट नदिइएको जनस्तरमा समेत चर्चा छ।

यसबारे एक सामाजिक सञ्जालकर्ता लेख्छन्, गगन नेतृत्वको कांग्रेसले दागी नेतालाई टिकट नदिएको निर्णयबारे के लाग्छ ?
उनको प्रश्नमा पक्ष र विपक्ष दुबैमा जनविचार देखिन्छ । तर अधिकांस भने दागाी नेतालाई नदिएकै सही भन्नेमा छ ।

गगन नेतृत्वको कांग्रेसले दागी नेतालाई टिकट नदिएको निर्णयबारे के लाग्छ ? उनको प्रश्नमा पक्ष र विपक्ष दुबैमा जनविचार देखिन्छ । तर अधिकांस भने दागाी नेतालाई नदिएकै सही भन्नेमा छ ।

सामाजिक सञ्जालकर्ताले भनेजस्तै दागी भएकै कारण गगनले टिकट नदिएका हुन् ?
शेरबहादुर देउवा
देउवा डडेलधुराबाट अन्तिमपटक चुनाव लड्ने तयारीमा थिए । तर, फेरिएको आन्तरिक समीकरणले गर्दा लगातार सात पटक निर्वाचन जितेका देउवा रोकिए । उम्मेदवार दिने दिन मध्यराति देउवाको सचिवालयले उनी निर्वाचन नलड्ने घोषणा गनुप¥यो । देउवाको सट्टा उनी निकट भनिने युवा नेता नैनसिंह महरले टिकट पाए ।

पूर्णबहादुर खड्का
देउवा उपचारका लागि सिंगापुर उडेपछि कार्यवाहक सभापति बनेका खड्का पनि उम्मेदवार बनेनन् । अघिल्लोपटक सुर्खेत १ बाट १२ हजार मतान्तरले चुनाव जितेका निवर्तमान उपसभापति पूर्णबहादुर खड्का पनि कांग्रेसबाट चुनाव लडेनन् । आधिकारिकताको विवादमा संस्थापन पक्षबाट मुद्दा हालेपछि उनी आफैँले नैतिक रूपले पनि उम्मेदवार नबन्ने घोषणा गरे ।

धनराज गुरुङ
यसपटक टिकट नपाउनेमा निवर्तमान कांग्रेस उपसभापति धनराज गुरुङ पनि छन् । गुरुङ २०७९ को निर्वाचनमा एमालेकी पद्मा अर्याललाई पराजित गरेका थिए । गुरुङमाथि सहकारीको रकम हिनामिनाको गम्भीर आरोप लागेको थियो । उनीमाथि छानबिन गरी मुद्दा चलाउन माग भए पनि तत्कालीन सरकारले कुनै प्रभावकारी अग्रसरता लिएको थिएन ।

बालकृष्ण खाण
नक्कली भुटाटी शरणार्थी प्रकरणमा मुद्दा खेपेका बालकृष्ण खाण पनि यसपटक टिकट नपाउने अनुहारका चर्चित नेता हुन् । रुपन्देहीबाट टिकट लिन खोजे पनि उनलाई कांग्रेसले टिकट दिएन । २०७९ मा खाण राप्रपाका दीपक बोहोरासँग रुपन्देही ३ मा पराजित भएका थिए । मुद्दाको अन्तिम किनारा नलाग्दै फेरि उम्मेदवार बन्ने उनको चाहना यसपटक पूरा भएन ।

मोहनबहादुर बस्नेत
मोहनबहादुर बस्नेतले पनि सिन्धुपाल्चोकबाट टिकट पाएनन् । २०७९ मा सिन्धुपाल्चोक २ बाट १२ हजार मतान्तरले चुनाव जितेका बस्नेतले यसपटक टिकट पाएनन् । उनी टेरामक्स प्रविधि खरिदमा भ्रष्टाचारको मुद्दा खेपेका नेता हुन्।

दीपक खड्का
कांग्रेसका अर्का विवादित अनुहार दीपक खड्काले पनि यसपटक टिकट पाएनन् । खड्का २०७९ मा संखुवासभाबाट निर्वाचन जितेका थिए । स्काउटको जग्गासहितका विषयमा खड्कामाथि पनि आरोप लाग्ने गरेको छ ।

आरजु राणा
नक्कली भुटानी शरणार्थी प्रकरणमा राणा पनि जोडिएकी पात्र हुन् । अघिल्लोपटक समानुपातिक सांसद बनेकी आरजुको यसपटक निर्वाचन लड्ने दाउमा थिइन् । तर थापाले उनलाई पनि उम्मेदवारमा समेटेनन् ।

रमेश लेखक
कञ्चनपुर २०७९ मा कञ्चनपुर ३ बाट १२ हजार मतान्तरले चुनाव जितेका रमेश लेखकले पनि यसपटक टिकट पाएनन् । लेखकमाथि पनि भिजिट भिसा प्रकरणदेखि २३ भदौमा जेन–जी आन्दोलनका क्रममा बल प्रयोग गरी युवाहरू मारिएको प्रश्न उठेको थियो ।

बारम्बार काठमाडौं १ बाट चुनाव जितेका प्रकाशमान सिंह अन्तिमसम्मा टिकटका लागि प्रयासमा रहेपनि हात पार्न सकेनन् । उनीसँगै नवलपुर १ बाट जितेका डा.शशांक कोइरालाले पनि टिकट पाएनन् ।

त्यस्तै, बारम्बार काठमाडौं १ बाट चुनाव जितेका प्रकाशमान सिंह अन्तिमसम्मा टिकटका लागि प्रयासमा रहेपनि हात पार्न सकेनन् । उनीसँगै नवलपुर १ बाट जितेका डा.शशांक कोइरालाले पनि टिकट पाएनन् । अघिल्लोपटक झापा ३ बाट राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका कृष्णप्रसाद सिटौलाले पनि यसपटक टिकट पाएनन् । यद्यपि उनी अहिले पनि कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् ।

यस्तै सुजाता कोइराला पनि टिकट नपाउने कांग्रेसका चर्चित अनुहारमध्ये एक हुन् । सुजाताले अघिल्लोपटक मोरङ–२ मा एमालेका ऋषिकेश पोखरेलसँग साँघुरो मतान्तरले चुनाव हारेकी थिइन् ।

तर विमलेन्द्र निधि, डा.शेखर कोइराला, डा.प्रकाशशरण महत, एनपी साउद भने विशेष महाधिवेशनको विपक्षमा भएपनि टिकट पाएका छन ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १० : २५ बजे

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् ।

चिनी उद्योगको मेसिनमा च्यापिएर एक युवकको मृत्यु

सर्लाही– सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको

वीरगञ्ज नाका हुँदै ४८ अर्ब १० करोडको सामान निर्यात

वीरगञ्ज– पर्साको वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ४८

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात