काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अहिले अभ्यासमा व्यस्त छ। श्रीलङ्का ‘ए’ले टस जितेर ब्याटिङ गरेपछि अहिले नेपालले बलिङ गरिरहेको छ। नेपाल र श्रीलंका ‘ए’को यो दोस्रो अभ्यास खेल हुने।
मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। नेपालले बलिङ गरेको खेलमा पाँच ओभरको समाप्तिमा श्रीलंकाले एक विकेटको क्षतिमा ६० रन बनाएको छ।
पहिले खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो। जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।













प्रतिक्रिया