काठमाडौं – आइसिसी टी–२० विश्वकप तयारीमा रहेको नेपाली राष्ट्रिय टिम अहिले अभ्यासमा व्यस्त छ। बिहीबारको खेलमा श्रीलङ्का ‘ए’ले नेपाललाई २२३ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । टस जितेर सुरुमा ब्याटिङ गरेको श्रीलंकाले पाँच विकेटकमा २२२ रन बनाएको हो।
नेपाल र श्रीलंका ‘ए’को यो दोस्रो अभ्यास खेल हुने। मंगलबार भएको खेलमा नेपाल श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो।
पहिले खेलमा सुरुमा ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १८५ रन बनाएको थियो। जितका लागि एक सय ८६ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले १८ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।














प्रतिक्रिया