काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार « Khabarhub

काठमाडौंका १० निर्वाचन क्षेत्र : ७ लाख १० हजार बढी मतदाता, २५७ उम्मेदवार


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सङ्घीय राजधानी रहेको काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा सात लाख १० हजार ७०८ मतदाता  कायम भएका छन् ।

यसमा महिला तीन लाख ६४ हजार, पुरुष तीन लाख ४६ हजार ११६ र सात रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौंमा मतदान स्थल ३२० र मतदान केन्द्र ८१७ कायम गरिएको जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए ।

काठमाडौं, निर्वाचन क्षेत्र नम्बर १ मा मतदान स्थल २२, मतदान केन्द्र ५७ छन् । यहाँ २५ हजार २५२ महिला र २३ हजार २३७ पुरुष गरी कुल ४८ हजार ८४९ मतदाता रहेका छन् ।

यसैगरी क्षेत्र नम्बर २ मा मतदान स्थल ४०, मतदान केन्द्र १०० छन् । यस क्षेत्रमा पुरुष मतदाता ४५ हजार ३१५ र महिला मतदाता ४३ हजार ३९३ गरी कुल मतदाता ८८ हजार ७०८ रहेको अधिकारीले जानकारी दिए । क्षेत्र नम्बर २ काठमाडौंको सबैभन्दा बढी मतदाता रहेको क्षेत्र हो ।

काठमाडौं जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ मा मतदान स्थल २९ र मतदान केन्द्र ७२ तोकिएका छन् । यो निर्वाचन क्षेत्रमा महिला मतदाता ३२ हजार ९२३ र पुरुष मतदाता ३१ हजार ५५६ गरी कुल ६४ हजार ४७९ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ४ मा ३३ मतदान स्थल, ८८ मतदान केन्द्र छन् । यहाँ ३९ हजार ५९९ महिला र ३६ हजार ५४२ पुरुष गरी ७६ हजार १४१ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ५ मा मतदान स्थल ३१, मतदान केन्द्र ९० रहेका  छन् । ४० हजार ८३२ महिला, ३७ हजार २७८ पुरुष र अन्य चार गरी कुल मतदाता ७८ हजार ११४ रहेका छन् ।

क्षेत्र नम्बर ६ मा मतदान स्थल ३२, मतदान केन्द्र ७९ छन् । यहाँ महिला ३४ हजार ९५६, पुरुष ३२ हजार ८०२ र अन्य एक गरी कुल मतदाता ६७ हजार ७५९ रहेको छ ।

क्षेत्र नम्बर ७ मा मतदान स्थल २९, मतदान केन्द्र ७८ रहनुका साथै महिलाको संख्या ३४ हजार ७३८ र पुरुष ३२ हजार ६७३ गरी कुल ६७ हजार ४११ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ८ मा मतदान स्थल २३ र मतदान केन्द्र ६५ रहेका छन् । यहाँ महिलाको संख्या २९ हजार ८९८ र पुरुष २७ हजार ९१३ गरी कुल ५७ हजार ८११ मतदाता रहेका छन् ।

क्षेत्र नम्बर ९ मा ३४ मतदान स्थल र मतदान केन्द्र ९० छन् । महिला ४० हजार २७८ र पुरुष ३८ हजार २१७ गरी कुल ७८ हजार ४९५ रहेका छन् ।

यस्तै, क्षेत्र नम्बर १० मा मतदान स्थल ४७ र मतदान केन्द्र ९८ रहेका छन् । यहाँ महिला मतदाता ४२ हजार ७१६, पुरुष ४० हजार ५८३ र अन्य दुई गरी कुल मतदाता ८३ हजार ३०१ रहेका छन् ।

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा गरी २५७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएका छन् । जस अन्तर्गत क्षेत्र नम्बर १ मा ३० जनाले उम्मेदवारी दिएका छन् । यस्तै, क्षेत्र नम्बर २ मा २२, क्षेत्र नम्बर ३ मा २४, क्षेत्र नम्बर ४ मा २८, क्षेत्र नम्बर ५ मा २७, क्षेत्र नम्बर ६ मा २२, क्षेत्र नम्बर ७ मा २८, क्षेत्र नम्बर ८ मा २२, क्षेत्र नम्बर ९ मा २७ र क्षेत्र नम्बर १० मा पनि २७ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ०१ बजे

मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

महोत्तरी– महोत्तरीसहित मिथिलाञ्चल क्षेत्रमा आजदेखि विधिवत रुपमा चैती छठ पर्व

कोशी र लुम्बिनीमा मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डलर उच्च बिन्दुमा : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत

आज २०८२ साल चैत ८ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ८ गते आइतबार चैत