जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो  « Khabarhub

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् । पछिल्ला तथ्यांकले सडक दुर्घटना हरेक वर्ष औसत ५.४ प्रतिशतका दरले बढिरहेको देखाएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे । 

कार्यक्रममा स्वास्थ्य मन्त्री डा.गौतमले सडक दुर्घटनालाई देशकै प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै विशेष गरी जेन-जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित भइरहेको बताइन् । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र नागरिकस्तरको सचेतना अत्यावश्यक छ ।

नेपालमा हुने सडक दुर्घटनाबाट मृत्यु हुनेमध्ये करिब आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको तथ्य झन् चिन्ताजनक छ। यही जोखिम घटाउन चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तत्काल लागू गर्नुपर्नेमा सरोकारवालाहरू एकमत देखिएका छन् ।

सन् २०२१ को प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब आठ हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् । यो सङ्ख्या दक्षिण एसियाली औसतभन्दा झण्डै दोब्बर हो । दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ७ प्रतिशत बराबर हो ।

हालकै दरमा दुर्घटना बढिरहे सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युदर आधा घटाउने सरकारी लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ । यद्यपि विज्ञहरूले आशा देखाएका छन्- यदि जिडिपीको मात्र ०.४ प्रतिशत रकम सडक सुरक्षामा लगानी गरियो भने वर्षेनी करिब तीन हजार मानिसको जीवन जोगाउन सकिनेछ ।

सडक सुरक्षामा लगानी, कडाइका साथ कानुन कार्यान्वयन र नागरिक सचेतना-यी तीनै पक्षमा सुधार नगरे नेपालका सडकहरू अझै पनि जोखिमको प्रतीक बन्ने विज्ञहरूको चेतावनी छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : २४ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी