जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो  « Khabarhub

जनस्वास्थ्यको प्रमुख समस्या बन्दै सडक दुर्घटना, हरेक वर्ष औसत ५.४ प्रतिशतले बढ्दो 


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका सडकहरू दिनानुदिन झन् असुरक्षित बन्दै गएका छन् । पछिल्ला तथ्यांकले सडक दुर्घटना हरेक वर्ष औसत ५.४ प्रतिशतका दरले बढिरहेको देखाएको छ, जसले जनस्वास्थ्यमा गम्भीर चुनौती थपेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको सडक सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले यो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गरे । 

कार्यक्रममा स्वास्थ्य मन्त्री डा.गौतमले सडक दुर्घटनालाई देशकै प्रमुख जनस्वास्थ्य समस्यामध्ये एक भएको उल्लेख गर्दै विशेष गरी जेन-जी युवा पुस्ता सबैभन्दा बढी प्रभावित भइरहेको बताइन् । उनका अनुसार दुर्घटना न्यूनीकरणका लागि सरकारी निकायबीच प्रभावकारी समन्वय र नागरिकस्तरको सचेतना अत्यावश्यक छ ।

नेपालमा हुने सडक दुर्घटनाबाट मृत्यु हुनेमध्ये करिब आधा हिस्सा दुई पाङ्ग्रे सवारी प्रयोगकर्ताको रहेको तथ्य झन् चिन्ताजनक छ। यही जोखिम घटाउन चालक र पछाडि बस्ने दुवैले अनिवार्य रूपमा हेल्मेट लगाउनुपर्ने ‘युनिभर्सल हेल्मेट ल’ तत्काल लागू गर्नुपर्नेमा सरोकारवालाहरू एकमत देखिएका छन् ।

सन् २०२१ को प्रतिवेदन अनुसार नेपालमा हरेक वर्ष करिब आठ हजार मानिसले सडक दुर्घटनाका कारण ज्यान गुमाउँछन् । यो सङ्ख्या दक्षिण एसियाली औसतभन्दा झण्डै दोब्बर हो । दुर्घटनाका कारण नेपालले वार्षिक करिब ३ अर्ब अमेरिकी डलर बराबरको आर्थिक क्षति बेहोर्दै आएको छ, जुन कुल गार्हस्थ उत्पादन (जिडिपी) को करिब ७ प्रतिशत बराबर हो ।

हालकै दरमा दुर्घटना बढिरहे सन् २०३० सम्म सडक दुर्घटनाबाट हुने मृत्युदर आधा घटाउने सरकारी लक्ष्य निकै चुनौतीपूर्ण देखिन्छ । यद्यपि विज्ञहरूले आशा देखाएका छन्- यदि जिडिपीको मात्र ०.४ प्रतिशत रकम सडक सुरक्षामा लगानी गरियो भने वर्षेनी करिब तीन हजार मानिसको जीवन जोगाउन सकिनेछ ।

सडक सुरक्षामा लगानी, कडाइका साथ कानुन कार्यान्वयन र नागरिक सचेतना-यी तीनै पक्षमा सुधार नगरे नेपालका सडकहरू अझै पनि जोखिमको प्रतीक बन्ने विज्ञहरूको चेतावनी छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : २४ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन