बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए « Khabarhub

बालेनलाई सघाउन गएका युवासंघका नेता २४ घण्टामै एमालेमा फर्किए


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

दमक– नेकपा एमाले परित्याग गरेर बालेन शाहको टिममा गएका एक युवा २४ घन्टा नबित्दै पुनः पार्टीमै फर्किएका छन्।

राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीका सचिव पद छोडेर बालेनलाई जिताउन गएका कमल गैरे २४ घन्टा पनि नबित्दै एमालेमै फर्किएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको तस्वीर सार्वजनिक गर्दै पार्टीमै फर्किएको घोषणा गरेका छन्।

फेसबुकमा उनले लेखेका छन्, ‘म कमलप्रसाद गैरे विद्यार्थी जीवनदेखि नै एमालेको जनसंगठन अनेरास्ववियु हुँदै राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीमा सदस्य, उपसचिव र सचिवको भूमिका निर्वाह गर्दै आएको संगठित सदस्य हुँ। विगत लामो समयदेखि पार्टीका विभिन्न गतिविधिहरूमा इमान्दारीपूर्वक संलग्न रहँदै आएको छु।’

हिजो केही व्यक्तिहरूको दबाब र प्रभावमा परी सामाजिक सञ्जालमार्फत पार्टी छोडेको भनेर लेखिएको उनले बताएका छन्।

तर गहिरो सोच, अध्ययन र विश्लेषणपछि नेकपा एमाले मात्र राष्ट्र र जनताको आशा र भरोसाको केन्द्र भएको निष्कर्षमा पुगेको उनले बताएका छन् ।

‘हिजो भएका गल्ती सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा बोकेको यही पार्टीमा हिजो पनि थिएँ, आज पनि यही छु र भोलि पनि यही रहने प्रतिबद्धता व्यक्त गर्दछु।दमक तथा झापा क्षेत्र नम्बर ५ हुँदै समग्र राष्ट्रको विकासका लागि केपी शर्मा ओली नै उपयुक्त नेतृत्व भएको ठहर गर्दै उहाँलाई जिताउन यही पार्टी तथा संगठनमा रही सक्रिय रूपमा लागिरहने संकल्प व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : २५ बजे

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको

सरुवा रोग अस्पतालको निर्देशकमा डा. अनुप बास्तोला नियुक्त

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा.

आमाहरूको निर्वाचन प्रहरी बन्ने रहर

वीरगञ्ज– पर्साको विन्दवासिनी गाउँपालिका– १ स्थायी घर भएकी शिशकुमारीदेवी विनिन्

बेदना निर्देशित नाटक ‘ए थिबेउ’ शुक्रबारदेखि शिल्पी थिएटरमा

काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’

शेखरको दाबी : विशेष महाधिवेशनमा नगएर कांग्रेसलाई फुट्नबाट जोगाएँ

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको एकता जोगाउन