सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित « Khabarhub

सुन्तलाले मूल्य पाएपछि किसान उत्साहित


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

चितवन– जिल्लामा सुन्तलाखेती गर्ने किसानले राम्रो मूल्य पाएपछि उत्साहित भएका छन् । विगतको तुलनामा यस वर्ष सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका हुन् । जिल्लाको इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिका– २९ मा सुन्तला खेती हुँदै आएको छ । 

इच्छाकामना गाउँपालिका–५ का किसान रामप्रसाद बोहोरा अहिले गत वर्षको तुलनामा सुन्तलाको मूल्य राम्रो पाएपछि खुसी छन्। 

उनले भने“गत वर्षको तुलनामा यसवर्ष किसानले सुन्तलाको मूल्य पाएका छौँ । खुसी छौँ ।” गत वर्षमा मूल्य नपाउँदा निकै समस्या हुने गरेको भए पनि यसवर्ष बोटबाटै प्रतिकिकलो रु १०० भन्दा बढीमा बिक्री हुँदै आएको उनले बताए। 

किसानले अहिले सुन्तलालाई ग्रेडिङ्ग (वर्गीकरण) गरेर बिक्री वितरण गर्दै आएको उनले बताए। उनले भने ‘आफ्नो वडाले मात्रै सुन्तलाबाट रु ६० लाख हाराहारी कमाएको छ । अझै सुन्तला बिक्री गर्न बाँकी छ ।’

कतिपय किसानले पहिलेनै बिक्री गरिसकेका छन् भने कतिपयको अझै बिक्री गर्न बाँकी रहेको उनले बताए। माघ १५ गतेसम्ममा उत्पादित सुन्तला बिक्री भइसक्ने उनले बताए।

यस्तै भरतपुर महानगरपालिका–२९ चौकिडाँडाका किसान हिक्मत चेपाङ अहिले सुन्तलाको मूल्य राम्रो पाएको भन्दै खुसी छन् । उनीहरूले चेपाङ कृषि समूह बनाएर समूहका सदस्यहरूले व्यावसायिक रुपमा सुन्तलाखेती गर्दै आएका छन् । 

उनले भने ‘हामी सबैले धेरै थोर क्षेत्रफलमा सुन्तला खेती गरेका छौँ । मूल्य पाएको छ । खुसी छौँ ।’ अहिले किसानको बारीबाटै व्यवसायीले सुन्तला उठाउने गरेको उनले बताए। प्रतिकिलो  १०० भन्दा बढीमा सुन्तला बिक्री भएको उनले बताए। 

सुन्तलामा विषादी हाल्दा धेरै बचाउन सकिने तर प्राङ्गारिक उत्पादन गर्दा कम बच्ने भएकाले केही समस्या भए पनि अहिले मूल्य पाएकाले आफूहरु उत्साहित भएको उनको भनाइ छ ।

 इच्छाकामना गाउँपालिका कृषि अधिकृत समीक्षा पौडेल व्यावसायिक किसानले सुन्तालालाई ग्रेडिङ गरेर बिक्री गर्दै आएको बताउँछन् । उनका अनुसार सानो, मझौला र ठूलो गरेर छुट्याएर बिक्री गर्दै आएको छ । यसरी ग्रेडिङ गरेर बिक्री गर्दा किसानले उचित मूल्य पाउन सफल भएको उनले बताए। 

इच्छा कामना गाउँपालिकामा मात्रै यसवर्ष सुन्तला उत्पादनमा कमी आएको छ । उनका अनुसार ९२ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आएको यस क्षेत्रमा यो वर्ष एक हजार दुई दशमलब आठ मेट्रिकटन सुन्तला उत्पादन भएको छ ।  

उनले भने, ‘गत वर्षको तुलनामा यो वर्ष सुन्तला उत्पादन घटेको छ ।’

गत वर्ष एक हजार १२० मेट्रिकटन सुन्तला उत्पादन भएको उनले जानकारी दिए । सुन्तलाका रुख बुढो हुनु र जलवायु परिवर्तनका कारण रोग लाग्दा उत्पादनमा कमी आए पनि किसानले मूल्य भने राम्रो पाएका हुन् । पौडेलका अनुसार इच्छाकामना गाउँपालिकामा आर्थिक वर्ष २०७९-८० मा १०८० मेट्रिक टन उत्पादन भएको थियो । २०८०-८१ मा केही उत्पादन घटेर १०३६ मेटिक टन उत्पादन भएको थियो । २०८१-८२ मा ११२० मेट्रिकटन र २०८२-८३ मा १००२.८ मेट्रिकटन उत्पादन भएको उनले जानकारी दिए। 

गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङ यहाँको सुन्तलाको स्वाद मिठो भएका कारण बजार पाउन गाह्रो छैन । 

उनले भने, ‘यहाँको सुन्तलाको स्वाद राम्रो भएकाले नारायणगढ, मुग्लिन, फिस्लिङ, काठमाडौँ र पोखरामा माग उच्च छ । व्यवसायी बगैँचामै आएर खरिद गर्छन् ।’ 

इच्छाकामनामा सुन्तला खेतीको सम्भावना प्रचुर रहेको भन्दै उनले गाउँपालिका सुन्तलाखेती प्रवर्द्धनमा लागिरहेको बताए। उनले बीउबाट उत्पादित बिरुवा किसानलाई निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको बताउँछन् । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेत सन्तुलाका बोटमा लाग्ने रोग नियन्त्रणका लागि जैविकि औषधि, पुराना बोट हटाएर नयाँ बिरुवा रोप्ने कार्यक्रम, किसानलाई थप तालिम र अनुदान जस्ता कार्यक्रम गाउँपालिकाले अघि सारेको बताउँछन् । 

उनले भने, ‘कृषि एम्बुलेन्सको व्यवस्था गरेर सुन्तला लगायतका कृषि उपजलाई बजारसम्म पुर्‍याउन पालिकाले सहयोग गर्दै आएको छ ।’

कृषि विकास कार्यालय चितवनकी अधिकृत स्वस्तीका चौहान जिल्लामा सुन्तला उत्पादन राम्रो भएपछि उचित मूल्य पाएको बताउँछन् । १४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको बताउँदै उनले अहिले किसान सन्तुष्ट भएको बताइन्। 

अझै केही ठाउँको उत्पादन टिप्न बाँकी रहेकाले यस वर्षको उत्पादन कति भन्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ । भरतपुर महानगरपालिका–२९ को विभिन्न स्थानमा अझै सुन्तला टिप्न बाँकी रहेको छ । 
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १२ : ५७ बजे

केन्ट आरओ खरिदमा मुम्बई यात्रा तथा विश्वकप क्रिकेट प्रत्यक्ष हेर्ने विजेता घोषणा

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सअन्तर्गतको पानी शुद्धीकरण ब्रान्ड केन्ट आरओ प्युरीफायरले सञ्चालन गरेको

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

जापानद्वारा विश्वको सबैभन्दा ठूलो आणविक संयन्त्र स्थगित

एजेन्सी– जापानमा विश्वको सबैभन्दा ठूलो आणविक ऊर्जा संयन्त्र, काशीवाजाकी–कारिवा प्लान्टको

झापाका ९५ वटा मतदानस्थल अति संवेदनशील

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा

पूर्वी अस्ट्रेलियामा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार