कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल « Khabarhub

कुलमानलाई धक्का, डकेन्द्रसहित तीन नेताले छाडे उज्यालो नेपाल


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीलाई झट्का लागेको छ। उक्त दलका तीनजना केन्द्रीय सदस्यहरूले पार्टी छाडेको घोषणा गरेका छन् ।

पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको जानकारी उनीहरूले बुधबार दिएका छन् ।

कुलमानको साथ छोड्नेमा पहिचानवादी नेता डकेन्द्रसिंह थेगिम, ज्ञानबहादुर गुरुङ र अमर इजम छन् । थेगिम उज्यालो नेपाल पार्टीका समानुपातिक उम्मेदवार पनि हुन् ।

विज्ञप्तिमा पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर रहेको, विचार, विधि र प्रक्रिया स्पष्ट नभएको तथा पहिचानसम्बन्धी एजेन्डा लिखित रूपमा नआएको उल्लेख छ । पार्टी परित्यागपछि आफूहरू स्वतन्त्र रहेर संयुक्त पहिचानवादी मोर्चालाई सशक्त बनाउने उनीहरूले बताएका छन् ।

कुलमानले पार्टी गठन गर्नु अघि डकेन्द्रसिंह थेगिम प्रदेश नम्बर १ पुनःनामकरण संयुक्त संघर्ष समितिका संयोजक थिए ।

ज्ञानबहादुर र अमर नागरिक उन्मुक्ति पार्टीमा सक्रिय थिए । उनीहरू लामो समयदेखि अरुणपूर्वका नौ जिल्लालाई ‘लिम्बुवान’ बनाउनुपर्ने मागसहित आन्दोलनमा थिए ।

डकेन्द्रसिंहको नाम उज्यालो नेपाल पार्टीको आदिवासी जनजाति क्लस्टरतर्फ तेस्रो नम्बरको समानुपातिक उम्मेदवार सूचीमा समावेश थियो ।

पार्टी परित्यागबारे जानकारी दिँदै उनले पहिचान, धर्म निरपेक्षता, ‘नो कोशी’ र ‘नो केबलकार’ जस्ता मुद्दामा पार्टी स्पष्ट हुन नसकेको गुनासो गरे । उनले यस्ता मुद्दा उठाउने उम्मेदवारलाई आगामी चुनावमा सहयोग गर्ने बताए ।

थेगिम इलाम–२ मा २०८१ मा भएको उपचुनावमा स्वतन्त्र उम्मेदवार बनेका थिए । त्यसबेला मुडा चुनाव चिह्न लिएका उनलाई हाल श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सहयोग गरेका थिए । उनी त्यसबेला दोस्रो हुँदा नेकपा एमालेका सुहाङ नेम्बाङ विजयी भएका थिए ।

कुलमानको पहलमा उज्यालो नेपाल पार्टी गठन भएपछि रास्वपासँग एकताको प्रयास भएको थियव । पुस १४ को एकता सहमति पुस २६ गते भाँडिएर विभाजित हुँदा उज्यालो नेपालले धक्का व्यहोरिसकेको छ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ०५ बजे

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका– लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको सन्

सर्लाहीमा सात किलो गाँजासहित दुईजना पक्राउ

बरहथवा– अवैध लागूऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ

प्रतिनिधिसभा निर्वाचन : काभ्रेमा तीन लाख २६ हजार ६११ मतदाता

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम छन् ।

चिसो मौसममा बालबालिकाको स्याहार कसरी गर्ने ?

अहिले हामी माघको मध्यमा छौं । सामान्यतया मङ्सिरदेखि नै चिसो

यी हुन् प्रत्यक्षतर्फ जसपा नेपालका उम्मेदवार : सप्तरी २ बाट ३ मा पुगे उपेन्द्र

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले फागुन २१ गते हुन लागेको