सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने « Khabarhub

सभापति बनेपछि पहिलो पटक सानेपा छिर्दै गगन, त्यसपछि सर्लाही ४ जाने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएपछि गगनकुमार थापाले शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपा पहिलो पटक बैठक राख्दैछन् ।

गत पुस २७ देखि माघ २ गतेसम्म भएको दोस्रो विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनले पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा बैठक राखेका हुन् । सभापति बनेपछि थापाले दुईवटा बैठक राखेका थिए । जसमा एउटा ललितपुर र अर्को काठमाडौंको पार्टी प्यालेसमा राखिएको थियो ।

कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सभापति थापा विशेष महाधिवेशनपछि पहिलो पटक पार्टी केन्द्रीय कार्यालयमा प्रवेश गर्दैछन् ।

सानेपामा शुक्रबार दिउँसो पदस्थापना गरेपछि उनी यसपटक उठ्न लागेको नयाँ निर्वाचन क्षेत्र सर्लाही ४ पुग्ने भएका छन् ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सभापति थापाले सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गराएका छन् । जहाँ उनलाई कांग्रेस छाडेका डा. अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनौती दिँदैछन् ।

विशेष महाधिवेशनको विवादमा सर्वोच्च अदालत अदालतले अन्तरिम आदेश नदिएसँगै गगनलाई कामको बाटो खुलिसकेको छ। निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशन गैरकानुनी रहेको बताउँदै सर्वोच्चमा रिट हालेको थियो । उक्त रिटमा न्यायाधीश सुनीलकुमार पोखरेलले मंगलबार प्रारम्भिक सुनुवाइ गर्दै सभापति थापाको नाममा कारण देखाऊ आदेश मात्रै दिएको छ। उनले १५ दिनभित्र लिखित जवाफ दिनुपर्नेछ ।

प्रारम्भिक आदेशमा सर्वोच्चले उक्त मुद्दालाई प्राथमिकतामा राख्दै कानुनी र संवैधानिक अवस्था हेरेर सुनुवाइ गर्नुपर्ने देखिएको जनाएको छ।

विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भइसक्दा पनि कांग्रेसले आफ्नो वेबसाइट अद्यावधिक गरेको छैन। कांग्रेसको वेबसाइटमा पुरानै कार्यसमितिको नाम र तस्बिर छ। तर जहाँबाट गगन थापा र विश्वप्रकाश शर्मासहितको नाम र तस्बिर हटाइएको छ।

यस्तोमा शुक्रबार गगनले सानेपामा पदस्थापन गर्न लागेका हुन् । ‘भोलि पार्टीको निर्वाचन केन्द्रित बैठकहरू छन् । सभापतिज्यू पार्टी केन्द्रीय कार्यालय पुगेर पहिला पदस्थापना गर्नुहुनेछ’, चालिसेले भने, ’त्यसपछि निर्वाचन क्षेत्रमा जाने कार्यक्रम निर्धारण गर्छौँ ।‘

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : २३ बजे

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ