इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न « Khabarhub

इनड्राइभको ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ । 

यस पहलमार्फत इनड्राइभले चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।

उक्त तालिम सत्र ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरण सम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ड्राइभरले जनाएको छ । 

यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।  

इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित छैन । यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ ।’

उनले थप भनिन्, ‘यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौँ, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ । इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौँ । दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ३५ बजे

राष्ट्रिय सभामा पुगेपछि रामकुमारी एमालेको भोट घटाउन लागेकी हुन् ?

काठमाडौं– यतिबेला एमालेको विपक्षी कित्ताबाट अध्यक्ष केपी शर्मा ओलीपछि आलोचनाको

रुपन्देहीमा १५५ जना मतदाता शिक्षा स्वयंसेवक परिचालित

लुम्बिनी– आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

उम्मेदवारहरूलाई निर्वाचन आयोगको ६४ बुँदे निर्देशन

काठमाडौं– निर्वाचन आयोगले आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूलाई

कोशीमा हर्कको माटोले कांग्रेस-एमालेलाई कतिसम्म धक्का देला ?

काठमाडौं- श्रम संस्कृति पार्टी दर्ता गरेर ‘हर्कवाद‘ लाई प्रधान सिद्धान्त

सलमान र सञ्जयको जोडी साउदी एक्सन फिल्म ‘सेभेन डग्स’ मा 

काठमाडौं– साउदी अरेबियाको बहुप्रतिक्षित एक्सन फिल्म ‘सेभेन डग्स’ अहिले निकै