काठमाडौं– इनड्राइभले ‘इनड्राइभसँग सुरक्षित यात्रा तपाईँको रोजाइमा’ अभियान अन्तर्गत ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सफलतापूर्वक आयोजना गरेको छ ।
यस पहलमार्फत इनड्राइभले चालक सशक्तीकरण, सडक सुरक्षा प्रवर्द्धन तथा समुदायको समग्र कल्याणप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ ।
उक्त तालिम सत्र ड्राइभर पार्टनर्सलाई सडक सुरक्षा अभ्यास, ट्राफिक नियमहरूको पालना, जिम्मेवार ड्राइभिङ र पेशागत आचरण सम्बन्धी आवश्यक तथा व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको ड्राइभरले जनाएको छ ।
यसले सुरक्षित, विश्वसनीय र यात्रु–मैत्री राइड–हेलिङ वातावरण निर्माणमा चालकहरूको भूमिकालाई अझ मजबुत बनाउने विश्वास लिइएको छ ।
इनड्राइभ नेपालकी ड्राइभर अपरेशन्स स्पेसलिस्ट सुनिता जिमी राईले भनिन्, ‘इनड्राइभका लागि चालक साझेदारहरूको सशक्तीकरण केवल प्रविधि उपलब्ध गराउने वा आम्दानीको अवसर सिर्जना गर्ने विषयमा सीमित छैन । यो जिम्मेवार, सुरक्षित र दिगो मोबिलिटी संस्कृतिको विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो । यस्ता सुरक्षा तालिमहरूले चालकहरूलाई यात्रु तथा आफ्नो सुरक्षाप्रति सचेत रहँदै, सूचित र जिम्मेवार निर्णय लिन सक्षम बनाउँछ ।’
उनले थप भनिन्, ‘यस्ता पहलहरुमार्फत हामी चालकहरूलाई अझ आत्मविश्वासी, सचेत र पेशागत बनाउँदै लैजान चाहन्छौँ, जसको प्रत्यक्ष प्रभाव समग्र यात्रु अनुभवमा पनि सकारात्मक रूपमा देखिन्छ । इनड्राइभमा हामी सुरक्षा, पारस्परिक सम्मान, विश्वास र विश्वस्तरीय सेवा मापदण्डलाई केन्द्रमा राख्दै समुदाय निर्माणमा प्रतिबद्ध छौँ । दीर्घकालीन रूपमा, नेपालको मोबिलिटी इकोसिस्टमलाई अझ सुरक्षित, समावेशी र दिगो बनाउनु नै हाम्रो साझा लक्ष्य हो ।













प्रतिक्रिया