काठमाडौं– एन्फा राष्ट्रिय पुरुष लिग फुटबल प्रतियोगितामा नेपाल एपीएफ क्लवले चर्च ब्वाइजमाथि सहज जित हासिल गरेको छ ।
बिहीबार ललितपुरको च्यासलस्थीत च्यासल मैदानमा भएको खेलमा एपीएफले चर्च ब्वाइजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
एपीएफको जितमा समिराज थोकरले खेलको २२ औँ मिनेट, प्रदीप लामाले ३८ औँ मिनेट र युवाराज खड्काले खेलको ६० र ७७ औँ मिनेटमा गोल गरेका थिए ।
चर्च ब्वाइजका तर्फबाट एक मात्र गोल मिलन राजले खेलको ८२ मिनेटमा गरेका थिए । जितसँगै एपीएफको दुई खेलबाट ६ अंक भएको छ भने समान खेल खेलेको चर्च व्वाइजको १ अंक रहेको छ ।












प्रतिक्रिया