‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’ « Khabarhub

‘अराजकताको आयु लामो हुँदैन, विध्वंश मच्चाउनेहरू कारबाहीमा पर्छन्’


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अराजकताको आयु लामो नहुने बताएका छन् ।

आपराधिक कृयाकलापमा संलग्नहरू कारबाहीको दायरा आउने पनि उनले बताएका छन् ।

बिहीबार झापाको दमक नगरपालिका-८ स्थित नेपाली कम्युनिष्ट पार्टी (पूर्वमाओवादी केन्द्र) का नेता गगन पुरीको घर अवलोकनका क्रममा उनले यस्तो बताएका हुन् ।

गत भदौ २४ गते जेन-जी आन्दोलनका नाममा आगजनी गरिएको घरको अवलोकनका क्रममा उनले यस प्रकारको विध्वंश मच्चाउनेहरू कानुनी दायरामा आउने विश्वास दिलाए ।

जेन-जीको नाममा भएको आन्दोलनका क्रममा आगजनी गरिएको घरमा सामान्य मर्मतपछि बस्दै आएका पुरीलाई ओलीले आश्वस्त पार्न खोजे ।

‘सधैँ अराजकता कहाँ टिक्छ र ? एक दिन त कारबाहीको दायरामा ल्याएरै छोडिन्छ, बरू उजरी–निवेदन लगायत प्रक्रिया चाहिँ अघि बढाउनु होला’, उनले भने ।

नेता पुरीले आफूले सबै प्रमाण संकलन गरिसकेको बताउँदै कानुनी उपचारको प्रक्रिया पनि अघि बढाएको उल्लेख गरेका छन् ।

आगजनी र तोडफोडका क्रममा क्रममा सबै सम्पत्ति लुटिएको, घरायसी सामान जलाइएको र घर पनि तोडफोड गरिएको पुरीले बताए ।

क्षतिग्रस्त घर अवलोकन गर्न पुगेका पूर्वप्रधानमन्त्री ओलीलाई पुरीले फूलले स्वागत गरे । नेता पुरीको घर अवलोकनपछि एमाले अध्यक्ष ओली दमकस्थित तत्कालीन माओवादीको पार्टी अवलोकन गर्दै गौरादहतर्फ लागेका छन्।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  १ : ४० बजे

कलाकारलाई चुनावी चस्का : अंगरक्षकदेखि प्रतिस्पर्धीसम्म !

काठमाडौं – देश चुनावमा होमिदा आम जनतामा जस्तै कलाकारहरुको पनि

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल

अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु

एजेन्सी– अफ्रीकाको पूर्वी बुर्किना फासोमा सशस्त्र समूहहरूले गरेको आक्रमणमा कम्तिमा

गण्डकीमा महिलाको उम्मेदवारी न्यून

गण्डकी– गण्डकी प्रदेशमा आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको

दिल्ली उच्च अदालतद्वारा सलमान खानलाई नोटिस, चार हप्ताभित्र जवाफ दिन आदेश

काठमाडौं- बलिउड सुपरस्टार सलमान खान प्रायः कुनै न कुनै कारणले