काठमाडौं – नायिका बेदनाका राईको निर्देशनमा नाटक ‘ए थिबेउ !’ शुक्रबारदेखि बत्तीसपुतलीस्थिति शिल्पी थिएटरमा मञ्चन हुने भएको छ ।
माघ ९ देखि मञ्चन सुरु हुने नाटक फागुन ४ गतेसम्म चल्नेछ । हरेक साताको मंगलबारबाहेक अरु दिन यो नाटक उक्त थिएटरमा हेर्न पाइनेछ । नाटकको मञ्चन सवा ५ बजेदेखि सुरु हुनेछ ।
यस नाटकमा संगीता थापा, रोश्री कार्की, डेबिड सुवेदी, युगल श्रेष्ठलगायत २० कलाकारको अभिनय रहेको छ । गीलु रातोसको लेखनमा नाटक ‘ए थिबेउ !’ तयार भएको हो ।
निर्देशक राईका अनुसार यो नाटक किराँत समुदायको कथा ‘थिबिया’बाट प्रेरित छ । राई भन्छिन्, ‘यो नाटक सन्तान खोजिरहेको एक आमाको आवाज हो ।’
यो नाटकले पितृसत्तात्क सोच बोक्ने समाजको पनि चित्रण गर्ने उनले बताइन् ।













प्रतिक्रिया