काठमाडौं- बलिउड सुपरस्टार सलमान खान प्रायः कुनै न कुनै कारणले समाचारमा देखा पर्छन् । अहिले उनको आगामी फिल्म “ब्याटल अफ गलवान” लाई लिएर प्रशंसकहरू उत्साहित छन् । केही दिनअघि मात्र फिल्मको टीजर रिलिज भएको थियो , जसले दर्शकबाट शानदार प्रतिक्रिया पाएको छ ।
यसैबीच सलमान खानले आफ्नो पर्सनालिटी र पब्लिसिटी अधिकारको सुरक्षा गर्न दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । अदालतले उनीहरूको अनुमति बिना सलमानको नाम, आवाज, अनुहार वा कुनै पनि चिनारीको प्रयोग गर्न नपाउने आदेश दिएको थियो ।
तर अहिले चिनियाँ एआई भ्वाइस जेनेरेसन प्लेटफर्मले अदालतको आदेशलाई चुनौती दिदै याचिका दायर गरेको छ । दिल्ली उच्च अदालतले सलमान खानलाई चार हप्ताभित्र जवाफ दिन नोटिस जारी गरेको छ। जसमा डिसेम्बर ११ को आदेश खारेज गर्न माग गरिएको छ ।
यसै सन्दर्भमा अदालतले सलमानलाई चार हप्ताभित्र जवाफ दिन भन्दै नोटिस जारी गरेको हो।
भारतीय मिडिया रिपोर्टअनुसार, उच्च अदालतले फेब्रुअरी २७ मा मुद्दाको सुनुवाइ गर्नेछ । यसले एआई प्लेटफर्महरूलाई सेलिब्रेटीहरूको आवाज प्रयोग गर्न अनुमति दिने कि प्रचार अधिकारलाई प्राथमिकता दिने भन्ने निर्णय गर्नेछ ।
सलमान अभिनित “ब्याटल अफ गलवान” २०२० मा भएको गलवान घाटीको झडपमा आधारित वार ड्रामा हो । यसमा सलमान भारतीय सेनाका कर्नल संतोष बाबूको भूमिकामा देखिने छन् । यो फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शनमा आउने तय भएको छ ।













प्रतिक्रिया