दिल्ली उच्च अदालतद्वारा सलमान खानलाई नोटिस, चार हप्ताभित्र जवाफ दिन आदेश « Khabarhub

दिल्ली उच्च अदालतद्वारा सलमान खानलाई नोटिस, चार हप्ताभित्र जवाफ दिन आदेश


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड सुपरस्टार सलमान खान प्रायः कुनै न कुनै कारणले समाचारमा देखा पर्छन् । अहिले उनको आगामी फिल्म “ब्याटल अफ गलवान” लाई लिएर प्रशंसकहरू उत्साहित छन् । केही दिनअघि मात्र फिल्मको टीजर रिलिज भएको थियो , जसले दर्शकबाट शानदार प्रतिक्रिया पाएको छ ।

यसैबीच सलमान खानले आफ्नो पर्सनालिटी र पब्लिसिटी अधिकारको सुरक्षा गर्न दिल्ली उच्च अदालतमा याचिका दायर गरेका थिए । अदालतले उनीहरूको अनुमति बिना सलमानको नाम, आवाज, अनुहार वा कुनै पनि चिनारीको प्रयोग गर्न नपाउने आदेश दिएको थियो ।

तर अहिले चिनियाँ एआई भ्वाइस जेनेरेसन प्लेटफर्मले अदालतको आदेशलाई चुनौती दिदै याचिका दायर गरेको छ । दिल्ली उच्च अदालतले सलमान खानलाई चार हप्ताभित्र जवाफ दिन नोटिस जारी गरेको छ। जसमा डिसेम्बर ११ को आदेश खारेज गर्न माग गरिएको छ ।

यसै सन्दर्भमा अदालतले सलमानलाई चार हप्ताभित्र जवाफ दिन भन्दै नोटिस जारी गरेको हो।

भारतीय मिडिया रिपोर्टअनुसार, उच्च अदालतले फेब्रुअरी २७ मा मुद्दाको सुनुवाइ गर्नेछ । यसले एआई प्लेटफर्महरूलाई सेलिब्रेटीहरूको आवाज प्रयोग गर्न अनुमति दिने कि प्रचार अधिकारलाई प्राथमिकता दिने भन्ने निर्णय गर्नेछ ।

सलमान अभिनित “ब्याटल अफ गलवान” २०२० मा भएको गलवान घाटीको झडपमा आधारित वार ड्रामा हो । यसमा सलमान भारतीय सेनाका कर्नल संतोष बाबूको भूमिकामा देखिने छन् । यो फिल्म १७ अप्रिल २०२६ मा प्रदर्शनमा आउने तय भएको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ३ : ०६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५