भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता  « Khabarhub

भारतमा निपाह भाइरसको सङ्क्रमण पुष्टि, नेपालमा उच्च सतर्कता 


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको पश्चिम बङ्गालमा निपाह भाइरसको सङ्क्रमण पुष्टि भएपछि नेपाल सरकारले उच्च सतर्कता अपनाएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण हवाई तथा स्थल नाकाबाट भित्रिने यात्रुको निगरानी शुरू गरेको हो । 

मन्त्रालयको हेल्थ डेस्कमार्फत सङ्क्रमणका लक्षण देखिएका यात्रुमाथि निगरानी भइरहेको प्रवक्ता डा।प्रकाश बुढाथोकीले जानकारी दिए । उनका अनुसार निपाह भाइरस चमेरो, सुँगुर वा सङ्क्रमित व्यक्तिबाट सर्ने भएकाले ती माध्यमलाई विशेष ध्यानमा राखि रोकथामका उपाय अपनाइएको छ ।

मन्त्रालयले सङ्क्रमण फैलिएको क्षेत्रबाट आउने व्यक्तिलाई केही समय क्वरेण्टीनमा बस्न र उनीहरूसँग प्रत्यक्ष सम्पर्कमा नजान सबैमा अपील गरेको छ । निपाह घातक जुनोटिक भाइरस हो जसको मृत्युदर ४० देखि ७५ प्रतिशतसम्म हुन सक्छ । यो मुख्यतः फलफूल खाने चमेरोबाट मानिसमा सर्छ ।

नेपालमा अहिलेसम्म निपाहको कुनै सङ्क्रमण पुष्टि भएको छैन । तर भारतको पश्चिम बङ्गालसँगको खुला सीमा र फ्रुट ब्याटको उपस्थितिले जोखिम बढाएको छ । 

इपिडेमियोलजी तथा रोग नियन्त्रण महाशाखाले देशभरका अस्पतालहरूलाई निपाहजस्ता लक्षण भएका बिरामी र अचानक मृत्युका घटना रिपोर्ट गर्न निर्देशन दिएको छ ।

सङ्क्रमण भएमा शुरूमा ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या हुन्छ । पछि मस्तिष्क सुन्निने समस्याले ज्यान जान सक्छ ।

 रोकथामका लागि काँचो खजुरको रस नपिउन, चमेरोले टोकेका फलफूल नखान, सङ्क्रमितसँग सम्पर्क भएमा तुरुन्तै स्वास्थ्य जाँच गराउन र हात धुने, मास्क लगाउनेजस्ता सामान्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ३ : २७ बजे

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २८ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २८ गते शनिबार वैशाख