जाँचबुझ आयोगको म्याद २० दिन थपियो « Khabarhub

जाँचबुझ आयोगको म्याद २० दिन थपियो


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । 

पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको आयोगको म्याद बिहीबार नै सकिने भएपछि सरकारले म्याद थप गरेको हो । 

भदौमा तीन महिनाको कार्यादेशसहित गठन भएको आयोगको काम नसकिएपछि यसअघि एक महिना म्याद थप गरिएको थियो । प्रतिवेदन लेखनको कार्य सकिन बाँकी रहेकाले आयोगको आग्रह अनुसार मन्त्रिपरिषद्ले म्याद थपको निर्णय गरेको हो ।

त्यस्तै मन्त्रपरिषद्ले सिद्धार्थ राजमार्गको बुटबल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय भएको मन्त्री अर्यालले जानकारी दिए ।

त्यस्तै बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई तोक्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ५ : ०० बजे

म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने

काठमाडौं – म्याग्दीमा उज्यालो नेपाल पार्टीले स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी

डेनमार्कले भन्योः नेटो प्रमुखले ग्रीनल्याण्डबारे वार्तामा डेनमार्कको प्रतिनिधित्व गर्न सक्दैनन्

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ – बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

सप्तरीका गाउँ छिरेर मतदातासँग अन्तरक्रिया गर्दै उपेन्द्र यादव

राजविराज– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो चुनावी

एकै दलबाट दुई उम्मेदवार भएपछि कांग्रेस नेता कँडेलको मनोनयन रद्द

बुटवल- लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नम्बर १