रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन् « Khabarhub

रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिट न्यायाधीश ढकालले हेर्न मानेनन्


८ माघ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र सहकारी ठगी मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयको निर्णयविरुद्धको रिट हेर्न अस्वीकार गरेका छन् ।

उनले उक्त मुद्दामा सुनुवाइ गर्न अस्वीकार गरेसँगै बिहीबार उक्त रिट ‘हेर्न नमिल्नेमा’ परेको छ। उक्त रिट सुनुवाइका लागि न्यायाधीशद्वय ढकाल र मनोजकुमार शर्माको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

यसअघि लामिछानेको सहकारी ठगीसहित सङ्गठित अपराधको मुद्दामा धरौटीमा छाड्न नमिल्ने भन्दै आदेश दिएका न्यायाधीश ढकालले विवादमा परिने भन्दै उक्त मुद्दा नहेर्ने रिट निवेदकलाई जानकारी दिएका थिए ।

न्यायाधीश ढकालले उक्त मुद्दा नहेरेसँगै अर्को पेशी माघ ११ गतेका लागि तोकिएको छ । रवि जोडिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधको मुद्दा महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार  ४ : ५० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली