खारेज भयो रेशम चौधरीको उम्मेदवारी « Khabarhub

खारेज भयो रेशम चौधरीको उम्मेदवारी


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


462
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कैलाली क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ।

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएर जेल सजायसमेत भोगिसकेका उनको उम्मेदवारी बिहीबार निर्वाचन आयोगले खारेज गरिदिएको हो ।

जिल्ला निर्वाचन अधिकृकतको कार्यालयले बिहीबार एक वक्तव्य जारी गर्दै नागरिक उन्मुक्ति नेपालका संरक्षक चौधरीको उम्मेदवारी खारेज भएको जानकारी दिएको हो ।

चौधरी कैलालीको टीकापुर हत्याकाण्डका प्रमुख दोषी हुन् । उनले उक्त प्रकरणमा सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर सजाय भोगिसकेका छन् ।

‘नागरिक उन्मुक्ति पार्टी नेपाल (एकल चुनाव चिह्न) का उम्मेदवार रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिँदा खारेज गरि दिएको छ। कानून बमोजिम गर्नु,’ निर्वाचन अधिकृतको कार्यालयले आफ्नो निर्णयमा बिहीबार भनेको छ।

निर्वाचन अधिकृतको कार्यालयले रेशमको उम्मेदवारी खारेजका क्रममा सर्वोच्च अदालतको फैसलाबाट जन्मकैदको सजाय भएको देखिएको जनाएको छ।

त्यस्तै जन्मकैदको सजाय भएको व्यक्ति उम्मेदवार बन्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन अनुसार अयोग्यताको कारण बन्ने पनि उल्लेख गरिएको छ।

राजनीतिक दलको सदस्य हुनसमेत अयोग्य भएको भनेर यसअघि निर्वाचन आयोगले गरेको निर्णयलाई पनि आधार बनाएर निर्वाचन अधिकृतको कार्यालयले यो निर्णय गरेको हो । उनले राष्ट्रपतिबाट कैद माफी पाए पनि सजाय तलमाथि नभएकाले उम्मेदवारी खारेज गर्नुपरेको जनाइएको छ।

कैलालीको टीकापुरमा २०७२ भदौ ७ गते थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरी वरिष्ठ उपरीक्षक एवम् तत्कालीन सेती अञ्चलका प्रमुख एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका ५ जना, सशस्त्र प्रहरीका २ र १ जना दूधे बालकसहित ८ जनाको मृत्यु भएको थियो। उक्त घटनाको मुख्य योजनाकारका रुपमा रेशम चौधरीलाई तीनै तहका अदालतले दोषी ठहर गरेका थिए ।

त्यही घटनासम्बन्धी मुद्दामा रेशमले सरकारको सिफारिसमा राष्ट्रपतिबाट बाँकी सजायमा आममाफी पाएका थिए । बाँकी सजाय माफी पाए पनि प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार जन्मकैद भएका व्यक्ति उम्मेदवार हुन पाउँदैनन्। उनी ०७९ को चुनावमा पनि बर्दीया क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । त्यस बेला पनि आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको थियो ।

रेशमको उम्मेदवारी खारेजीमा परेपछि बुवा लालवीर चौधरी बर्दीया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बने । चुनाव जितेपछि उनी नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेर त्यही दलको सदस्य भएका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ०१ बजे

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति

मतदाता फकाउँदै रविले भने : रास्वपाले व्यापारी बोक्दैन, हाम्रा सांसद खराब परे बीचमै फिर्ता बोलाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यस पटक निर्वाचित