ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने « Khabarhub

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा पुनः वार्ता गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र नेटो प्रमुख मार्क रुटबीच भएको वार्ताबारे जानकार एक स्रोतले बिहीबार एएफपीलाई बताएको छ ।

स्रोतले भनेको छ, ‘युरोपेली सहयोगीहरूले पनि आर्कटिक सुरक्षा बढाउनेछन्, तर अमेरिकी सार्वभौमिकताको अधीनमा ग्रीनल्याण्डमा अमेरिकी आधारहरू राख्ने बारेमा छलफल भएको छैन।’ 

‘सन् १९५१ को सम्झौतामा पुनः वार्ता हुनेछ,’ स्रोतले बताएको छ। 

सन् २००४ मा अद्यावधिक गरिएको रक्षा सम्झौताले डेनमार्क र ग्रिनल्याण्डका अधिकारीहरूलाई पहिले नै सूचित गरी वासिङ्टनलाई आफ्नो सेना तैनाथ गर्न स्वतन्त्रता दिएको छ। 

ग्रिनल्याण्डको उत्तरपश्चिममा रहेको पिटुफिक अन्तरिक्ष अखडा अमेरिकी क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको महत्वपूर्ण कडी हो ।ट्रम्पले बुधबार डाभोसमा विश्व आर्थिक मञ्चमा रुटसँगको वार्तापछि सम्झौताको आधारभूत खाकाको घोषणा गरेका थिए ।

रुटले बिहीबार भने, ‘चिनियाँ र रुसले ग्रीनल्याण्डको अर्थतन्त्रमा वा सैन्य रूपमा पहुँच नपाऊन् भन्ने कुरा हामी सुनिश्चित गर्छौँ ।’

ट्रम्पको ग्रिनल्याण्ड लिने चेतावनीले ट्रान्सएटलान्टिक गठबन्धनलाई धक्का दिएको छ र नेटोलाई दशकौँको सबैभन्दा ठूलो संकटमा धकेलेको छ।

ट्रम्पले ग्रीनल्याण्डको चाहनालाई सही ठहराउन प्रयोग गरेपछि केही युरोपेली राष्ट्रहरूले नेटोलाई आर्कटिकमा सुरक्षा बढाउन दबाब दिएका छन्।
 

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ६ : ४६ बजे

फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन डंगोलको निर्देशन

काठमाडौं- फोहर व्यवस्थापन चक्रमा कमजोरी हुन नदिन काठमाडौं महानगरपालिकाकी कार्यवाहक

गाउँ–गाउँमा विकासका आधार तयार गर्ने काम एमालेकै नेतृत्वमा सम्भव भयो : ओली

गौरादह – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

तीन हजार विद्यार्थीको निःशुल्क मुटु परीक्षण

म्याग्दी – बेनी नगरपालिकामा आज आयोजित मुटु परीक्षण शिविरमा तीन

उम्मेदवारी खारेजपछि रेशमले भने : राजनीतिक सिकार बनाइयो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रमेश चौधरीले आफ्नो उम्मेदवारी खारेज

काठमाडौं–१० की सुमित्रा बस्नेतको उम्मेदवारी खारेज

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका