सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी « Khabarhub

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी


८ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल गोर्खे’ भारतका विभिन्न सहरमा प्रदर्शन हुने भएको छ ।

शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गर्ने यो फिल्म चाँडै भारतमा प्रदर्शन हुन लागेको निर्माता अमित श्रेष्ठले बताए ।

भारतमा नेपाली फिल्म प्रदर्शन गर्दै आएको कम्पनीसँग सहमति भएको उनको दाबी छ । उनले कम्पनीको नाम भने खुलाउन चाहेनन् ।

उनी भन्छन्, ‘हामी केही दिनमा नै राम्रैसँग सार्वजनिक गर्छौं ।’

नेपालमा यस फिल्मले राम्रो प्रतिक्रिया पाएका कारण उक्त कम्पनी भारतमा फिल्म प्रदर्शनका लागि उत्सुक भएको उनले बताए ।

नेपाली भाषीहरु रहेका स्थानहरु दिल्ली, दार्जिलिङ, सिलगुडी, गान्तोक, कालिम्पोङ र आसामलगायतका स्थानमा फिल्म प्रदर्शन हुने बताइएको छ ।

यो फिल्ममा नायिका श्रृष्टि श्रेष्ठको पनि शीर्ष भूमिकामा छिन् । निर्देशक तथा लेखक निगम श्रेष्ठ हुन् ।

निगमले यसअघि ‘छड्के’ र ‘लालपूर्जा’ जस्ता फिल्म निर्देशन गरेका थिए ।

प्रकाशित मिति : ८ माघ २०८२, बिहीबार  ७ : ४७ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा